कानुनी कारबाही भोग्ने डरले ऋण नै छोडिदिए साहूले – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

कानुनी कारबाही भोग्ने डरले ऋण नै छोडिदिए साहूले

काठमाडौं । मिटरब्याजमा संलग्न साहुहरुले कानुनी कारबाही भोग्ने डरले कयौँ साहुले ऋण नै छोडिदिएका छन् । ऋण छोडेपछि ऋणीले राहत महसुस गरेका छन् ।मिटरब्याजविरुद्धको कारबाहीले ऋण नपाउँदा ग्रामीण क्षेत्रका कतिपय न्युन आयस्तर भएकाहरुमा समस्यामा देखापरेको छ ।

चाडपर्व, विवाह, ब्रतबन्ध, औषधि उपचार, पढाइ लेखाइका अतिरिक्त वैदेशिक रोजगारीमा जानसमेत समस्या भएको नवलपरासीका राघव यादव बताउँछन् ।

यादवले भने, ‘मिटरब्याज पीडितलाई न्याय दिलाउनु सरकारको काम राम्रो हो तर त्यसको साइड इफेक्ट गाउँघरमा देखिन थालेको छ, अब त गाउँघरमा गरिब तथा असहायले पैँचो–सापटी पनि पाउन समस्या हुन थालेको छ।’

बैंकले पनि पत्याउँदैन, बैंकले ऋण दिँदैन, मिटर ब्याजीलाई सरकारले कडाइ गरेको कारण गाउँघरका साहु महाजनहरु ऋण दिन डराउन थालेको उनको भनाइ छ । यस्तै सिरहा बरियारपट्टीका रामस्वगारथ साहले पनि आफ्नो दुखेसो पोखे ।

दैनिक ज्याला मजदुरी गर्छौं, आयस्रोत राम्रो छैन, मोटो रकम खर्च गर्नुप¥यो भने साहु महाजनसँग लिने र बिस्तारै तिरेर चुक्ता गर्ने गरेका थियौँ तर अहिले ऋण दिनै छाडेका छन्, उनले भने ।

मिटरब्याजी अहिले समाप्त भएको छ । सप्तरी राजगढ गाउँपालिकाका विजय मण्डलले ऋण नपाएर विदेश उड्न नपाएको गुनासो गरे । ऋण–सापटी नपाएका कारण कतिपयले चाडपर्व पनि राम्रोसँग मनाउन सकेका छैनन् ।

सम्बन्धित समाचार

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०८० कार्तिक २९, १९: ३२

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...

प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेपविरुद्ध तीन पत्रकार सङ्गठनको संयुक्त विज्ञप्ति, महासङ्घको आन्दोलनमा साथ
प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेपविरुद्ध तीन पत्रकार सङ्गठनको संयुक्त विज्ञप्ति, महासङ्घको आन्दोलनमा साथ
  • २०८० कार्तिक २९, १९: ३२

काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...

धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
  • २०८० कार्तिक २९, १९: ३२

धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...