काठमाडौं । नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकोले आगामी तीन दिन कोशी, बागमती र गण्डकी प्रदेशका उच्च भागका एक दुई स्थानमा हिमपातको सम्भावना रहेको छ।
बिहीबार कोशी प्रदेशलगायत देशको पहाडी भागमा आंशिक बदली रही बाँकी भागको मौसम सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च हिमाली भागका दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
शुक्रबार कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएकाे छ ।
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...
काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...
काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...