
तेहथुम । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली आइतनबारबाट ६९ वर्ष पुरा गरेका छन् । आफ्नो ६९औं जन्मोत्सव ओलीले तेह्रथुम जिल्लाको आठराई गाउँपालिका–२ इवापोखरीको पुख्र्यौली घर, जहाँ उनी जन्मिएका थिए, पुगेर मनाएका छन् । पिता मोहनप्रसाद ओली, श्रीमती राधिका शाक्य, भाइ र बहिनीहरुसहित जन्मघर इवामा पगेर ओलीले जन्मदिन मनाएका हुन् ।
२००८ फागुन ११ गते जन्मिएका ओली १२ वर्षको उमेरमा पिता मोहनप्रसादसँगै झापाको शरणमतीस्थित चप्रमारीमा बसाइँ सरेका थिए । चार वर्षकै उमेरमा मातृवात्सल्य गुमाएका ओली विरिङ खोलाले घरजग्गा बगाएपछि गरामनी वसाईं सरेका थिए । पछि पृथ्वीनगरको सोमबारेमा बसाईं सरेका थिए । सोमबारे हाल भद्रपुर नगरपालिका वडा नं २मा पर्छ ।
ओलीका पिता मोहनप्रसाद ओलीले २०२० मै पुख्र्यौली घर इवा छोडेका थिए । झापा बसाईं सरेसँगगै आफ्नो जन्मघर बेचेका ओलीले केही वर्षअघि मात्र स्थानीय खगेन्द्र तामाङबाट पुनः सो घर किनेका थिए । २ वर्षअगाडि प्रधानमन्त्री ओलीले आफू जन्मेको घरसहित २५ रोपनी जग्गा १० लाख ५० हजार रुपैयाँमा किनेका थिए । ओलीका पिता मोहनप्रसादले सो घर जग्गा पहिले सो घर जग्गा आठराईका तुलसीप्रसाद संग्रौलालाई बेचेका थिए । सँग्रौलाले सो घरजग्गा खगेन्द्र तामाङलाइ बेचेका थिए ।
प्रधानमन्त्री ओलीको चाहना बमोजिम आठराईका बामपन्थी नेता भीम घिमिरेले सो जग्गा प्रधानमन्त्री ओलीलाई बेच्न तामाङलाई राजि गराएका थिए । आफ्नो पुख्र्यौली २५ रोपनी वाहेक थप २ सय रोपनी जग्गा १० लाखमा खरिद गरिएको थियो । पछि ओलीले तामाङलाई थप ५० हजार रुपैयाँ उपलब्ध गराएका थिए ।

पुख्र्यौली घर जग्गासहित २ सय २५ रोपनी जग्गालाई संरक्षण गरी पोलिटेक्निक इन्स्टिच्युट वा कृषि तालिम केन्द्र स्थापना गर्ने घोषणा समेत गरिएको छ । केही समयअघि प्रधानमन्त्रीको सल्लाहमा भौतिक पूर्वाधार मन्त्री वसन्त नेम्वाङसहितको टोलीले ओलीको पुख्र्यौली घरको स्थलगत अवलोकन समेत गरेको थियो ।
इवा पोखरी पुग्नेवाटो समेत स्तरोन्ती गरिएको छ । ओलीको जन्मघरलाई लक्षित गरी स्थानीय चुहान डाँडामा विमानस्थल स्थापना गर्न गत वर्ष फागुनमा तत्कालिन नागरिक उड्डयन तथा पर्यटनमन्त्री रविन्द्र अधिकारीसहितको टोली स्थलगत अध्ययनको लागि गएको थियो । सोही क्रममा ताप्लोजुङ जाँदा हेलीकोप्टर दुर्घटनामा अधिकारीसहित ९ जनाको निधन भएको थियो ।
झापाको पृथ्वीनगरस्थित सोमबारेमा कान्छा छोरा जयप्रसाद ओलीको घरमा बस्दै आएका प्रधानमन्त्रीका पीता मोहनप्रसाद पनि झापाबाटै तेह्रथुम पुगेका थिए । प्रधानमन्त्री ओलीको न्वारानको नाम धु्रवप्रसाद ओली हो । उनलाई पिता मोहनप्रसादले अहिले पनि धु्रव भनेर सम्बोधन गर्ने गर्छन । गतवर्ष ओलीले जन्म दिन प्रधानमन्त्री निवास वालुवाटारमै मनाएका थिए ।
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...
काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...