एक कलाकारलाई सात वर्षको जेल सजाय – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

एक कलाकारलाई सात वर्षको जेल सजाय

काठमाडौं । युद्ध विरोधी सन्देशहरू सुपरमार्केटका मूल्य निर्धारण गरिएका लेबलहरूमा प्रतिस्थापन गरेको अभियोगमा एक रूसी युद्ध विरोधी अभियन्तालाई सात वर्षको जेल सजाय सुनाइएको छ ।

सेन्ट पिटर्सबर्गकी ३३ वर्षीया कलाकार सासा स्कोचिलेन्को गत वर्षको अप्रिलदेखि हिरासतमा छन् । उनी माथि रुसी सेनाका बारेमा गलत सन्देश प्रवाह गरेको आरोप छ ।

अदालतमा सासाका वकिलहरुले उनी लामो समयदेखि दीर्घ रोगी रहेको र जेलमै मर्ने जोखिम रहेको भन्दै सफाईका लागि अनुरोध गरेका थिए । तर त्यसलाई बेवास्ता गर्दै सजायँ सुनाइएको हो ।

रुसले युक्रेनमा युद्ध शुरु गरेयता कलाकार सासाले सेन्ट पिटर्सवर्गका सुपरमार्केटका लेबलहरुमा युद्ध विरोधी सन्देशहरु राख्न शुरु गरेकी थिइन् । यो अभियानको आव्हान रुसी नारीवादी समूहले गरेको थियो ।

सम्बन्धित समाचार

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०८० मंसिर १, ०८: ४५

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...

प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेपविरुद्ध तीन पत्रकार सङ्गठनको संयुक्त विज्ञप्ति, महासङ्घको आन्दोलनमा साथ
प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेपविरुद्ध तीन पत्रकार सङ्गठनको संयुक्त विज्ञप्ति, महासङ्घको आन्दोलनमा साथ
  • २०८० मंसिर १, ०८: ४५

काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...

सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
  • २०८० मंसिर १, ०८: ४५

काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...