घट्याे घरजग्गा कारोबार, राजस्व संकलनमा समेत कमी – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

घट्याे घरजग्गा कारोबार, राजस्व संकलनमा समेत कमी

काठमाडौं । चाडपर्वका बेला घरजग्गाको कारोबार घटेको छ । सार्वजनिक बिदा धेरै भएकोले घरजग्गाको कारोबारमा कमी आएको सरोकारलालाले बताएका छन् । कारोबार घटेको भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकले देखापनि देखाएको छ ।

जग्गाको कारोबार घटेसँगै राजस्व पनि घटेको छ । गत आर्थिक वर्षमा २७ हजार ९ सय ३९ लिखत पारित भएकोमा यो वर्षको २६ हजार ४६ लिखत पारित भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ ।

दशैं र तिहार पर्वको दुवै बिदा कात्तिकमा नै परेकोले यो वर्ष घरजग्गाको कारोबार घटेको हो । साउनमा ३९ हजार २६३ लिखत पारित हुँदा भदौमा ३५ हजार ६८६ लिखत पारित भएको थियो । घरजग्गाको कारोबार घटेसँगै राजस्व संकलनमा समेत कमी आएको छ ।

घरजग्गा कारोबारको सेवा कर, रजिस्टेसन दस्तुर र पूँजीगत समेत २ अर्ब १६ करोड ३१ लाख ६१ हजार राजस्व संकलन भएको छ । ललितपुरको मालपोतबाट १८ करोड ९४ लाख १५ हजार राजस्व संकलन हुँदा डिल्लीबजार मालपोत कार्यालयबाट १८ करोड १५ लाख ९४ हजार र मालपोत कार्यालय भक्तपुरबाट १४ करोड २६ लाख राजस्व संकलन भएको छ ।

काठमाडौंको कलंकी र चाबहील मालपोतबाट क्रमशः १३ करोड १८ लाख २० हजार र १२ करोड ४४ लाख ८३ हजार राजस्व संकलन भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ ।

सम्बन्धित समाचार

धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
  • २०८० मंसिर १, १९: ५०

धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...

सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
  • २०८० मंसिर १, १९: ५०

काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०८० मंसिर १, १९: ५०

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...