राजतन्त्र फर्कने हल्लाका पछाडि नलाग्न निधिको आग्रह – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

राजतन्त्र फर्कने हल्लाका पछाडि नलाग्न निधिको आग्रह

सिन्धुली । नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिले राजतन्त्र फर्कने कुनै संभावना नभएको भन्दै त्यस्ता हल्लाका पछाडि नलाग्न आग्रह गरेका छन् ।

नेपाली कांग्रेस सिन्धुलीद्धारा शुक्रबार सदरमुकाम माडीस्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा नेता निधिले राजतन्त्र फर्कन्छ भन्ने निरर्थक हल्लाका पछाडि लाग्न नहुने भन्दै निधिले एजेण्डा बिहिन मुद्धामा चासो राख्नु जरुरी नभएको बताए।

संघीयता बिरोधी शक्तिहरु सल्बलाउन थालेको भन्दै कांग्रेस नेता निधिले कांग्रेससहित अन्य दलहरुले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीलाई सुदृढ बनाउनका लागि बाँकी कामलाई मूल एजेण्डा बनाउनु पर्नेमा जोड दिए।

शान्ति प्रकृयाका बाँकी काम पूरा गर्नुपर्ने उल्लेख गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासका लागि संविधानमा उल्लेख गरिएका कानुन बनाउनु पर्ने तथा विकास निर्माणका कामलाई प्राथमिकतामा राखेर सरकार अगाडि बढ्नुपर्ने बताए।

सिंगो मुलुक यी तीनवटा कामका लागि तयार हुनुपर्ने भन्दै यसलाई कांग्रेसले आफ्नो एजेण्डा बनाउने पनि उल्लेख गरे।
कांग्रेस नेता निधिले सातवटै प्रदेशको मातहतमा प्रहरी संगठन हुनुपर्ने भन्दै त्यससम्बन्धी कानुन कार्यान्वयनमा जोड दिए।

उनले प्रहरी संगठनका साथै प्रदेश सरकारको छुट्टै कर्मचारी भर्ना गर्न पाउने संयन्त्र हुनुपर्ने पनि बताए। यति काम नभएसम्म प्रदेश सरकारले गति लिन नसक्ने निधिको भनाई थियो।

सम्बन्धित समाचार

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०८० मंसिर १, २२: ०२

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...

प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेपविरुद्ध तीन पत्रकार सङ्गठनको संयुक्त विज्ञप्ति, महासङ्घको आन्दोलनमा साथ
प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेपविरुद्ध तीन पत्रकार सङ्गठनको संयुक्त विज्ञप्ति, महासङ्घको आन्दोलनमा साथ
  • २०८० मंसिर १, २२: ०२

काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...

धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
  • २०८० मंसिर १, २२: ०२

धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...