काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा वैदेशिक रोजगारीमा ३७ हजार ४९२ युवा श्रमका लागि युएई पुगेका छन् । नेपाली युवाको पहिलो श्रम गन्तव्य मुलुक संयुक्त अरब इमिरेट्स युएई बनेको छ ।
वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षका साउन, भदौ र असोजमा मात्रै ७ हजार १५ महिला र ३० हजार ४ सय ७७ पुरुष रहेका छन् ।
वैदेशिक रोजगारीमा जाने नेपाली महिलामध्ये अधिकांश श्रम स्वीकृति लिएर युएई जाने गरेको विभागको तथ्यांक छ ।
यस तथ्यांकमा श्रम स्वीकृति नलिएका महिलाको गणना गरिएको छैन । दलालमार्फत भिजिट भिसामा जाने महिलाको रोजाइ युएई नै हुने गरेको छ । घरेलु कामदारका रूपमा काम पाउने भएपछि उनीहरू त्यसरी जाने गरेका हुन् ।
अग्ला भवन, मरुभूमि, तेल र पर्यटनका लागि परिचित युएई संसारका केही विकसित देशमध्ये एक हो । तीव्र आर्थिक गतिविधिले नेपाली युवा युवतीको श्रमका निम्ति गन्तव्य बनेको छ ।
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...
काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...
काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...