काठमाडौं । चारदेशिय महिला टी २० सिरिजको तेस्रो स्थानको लागि भइरहेको खेलमा नेपालले जापानविरुद्ध ब्याटिङ गरिरहेको छ ।
हङकङ क्रिकेट क्लब मैदानमा नेपालले टस जितेर पहिले ब्याटिङ गरेको हो । यसअघि लिग चरणमा नेपालले जापानलाई नै ६७ रनले पराजित गरेको थियो ।
चार देश सहभागी सिरिजमा उपाधि जित्ने लक्ष्य बनाए पनि तान्जानिया र हङकङसँग सुरुवाती दुई खेलमा पराजित भएपछि नेपाल उपधि होडबाट बाहिरिएको थियो ।
लिग चरणमा नेपालले जापानलाई मात्र पराजित गरेको थियो भने जापानले सबै तीन खेल हारेको थियो । लिगमा तेस्रो भएको नेपाल र चौथो भएको जापानबीच तेस्रो स्थानको लागि प्लेअफ खेल खेलाइएको हो ।
धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...
काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...