काठमाडौं । नेपालका लागि कोरियाली राजदूत पार्क ताए योङ र परराष्ट्र मामिला सल्लाहकार डा रुपक सापकोटाबीच भेट भएको छ ।
भेटमा नेपाल र कोरियाबीच द्विपक्षीय हितका विविध विषयमा विचारविमर्श भएको बुझिएको छ ।
राजदूत पार्कले सन् १९७४ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै द्विपक्षीय सम्बन्धको बढ्दो गतिप्रति खुसी व्यक्त गर्दै आगामी दिनमा पनि सहयोग अभिवृद्धि गर्नुपर्नेमा जोड दिए ।
डा सापकोटाले ऊर्जा, शिक्षा, स्वास्थ्य, मानव संसाधन विकास र ग्रामीण विकासका क्षेत्रमा सहयोग लगायत नेपालको आर्थिक विकासमा गणतन्त्र कोरियाले निरन्तर सहयोग गरेकोमा प्रशंसा गरे ।
धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...
काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...