काठमाडौं । भारत सरकारद्वारा चौथो चरणको भूकम्प राहत सामग्री नेपाल आइपुगेको छ ।
अत्यावश्यक चिकित्सा सामग्री सहितको राहत सामग्री मंसीर ४ गते नेपाल आइपुग्यो हो । आज यी राहत सामग्री भारतीय दूतावासले नेपाल सरकारलाई हस्तान्तरण गरेको हो ।
नेपाल चिकित्सक संघको माग अनुरुप यी राहत सामग्री उपलब्ध गराएको हो । सामग्रीमा अत्यावश्यक औषधी र उपकरण समावेश छन् ।
जाजरकोट र त्यस वरपर गत कार्तिक १७ गते गएको भूकम्पबाट प्रभावित परिवारका लागि हालसम्म भारतले ३४ टनबढी आपतकालीन् राहत सामग्री उपलब्ध गराइसकेको छ ।
छिमेकी पहिलो नीति अन्तर्गत नेपाललाई सहयोग गर्ने भारतीय प्रतिबद्धतालाई जाजरकोट भूकम्पमा भारतले देखाएको मानवीय सहयोगले पुष्टि गरेको छ ।
नेपाल सरकारले तोकेको मापदण्ड र प्राथमिकताका आधारमा भारतले नेपालमा राहत सामग्री सहयोगलाई निरन्तरता दिने दूतावासले जनाएको छ ।
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...
काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...
काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...