काठमाडौं । पछिल्लो समय रसुवागढी नाकाबाट सुन तस्करी नयाँढंगबाट हुन थालेपछि प्रहरीले विशेष निगरानी थालेको छ ।
तस्करहरूले गहना बनाई सुन ल्याउन थालेको प्रहरीको सूक्ष्म अनुसन्धानले पत्ता लागेको जिल्ला प्रहरी कार्यालयका प्रमुख सुवास बुढाथोकीले बताए ।
केरूङबाट बेरुवा औठी, तिलहरी, मुन्द्रा, सिक्री, चैनलगाई सुन आयात गर्न लागेको अवस्थामा रसुवा नाकाबाट तीन जना पक्राउ परेका छन । अहिले प्रहरीले गरगहना लगाउनेलाई विशेष निगरानी राखेर खोजतलास गरिरहेको छ ।
केरुङबाट ल्याइएको १२ तोला सुनका औँठी रसुवागढी नाकामा तैनाथ नेपाल प्रहरी, सशस्त्र प्रहरी र भन्सार कर्मचारीको गस्तीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा रसुवा जिल्ला आमाछोदिङ्मो गापा ५ गोङगाङ बस्ने २९ वर्षका सुरेश तामाङ, आमाछोदिङ्मो गापा– ५ तातोपानी निवासी ३७ वर्षका निमाटासी तामाङ र गोसाइँकुण्ड ३ बृद्धिम बस्ने २३ वर्षका ङवाङ लोप्चन तामाङ रहेको जिल्ला प्रहरी प्रमुख सुवास बुढाथोकीले बताए ।
प्रहरिको संयुक्त्त टोलीले बेरुवा औठी बनाई ल्याएको अवस्थामा तीन जनालाई पक्राउ गरेको थियो । उनीहरूको साथबाट १३ लाख ८८ हजार चार सय रूपयाँको सुन बरामद गरी कारबाहीका लागि भन्सार कार्यालय टिमुरेमा बुझाईएको हो ।
गत आइतबार रु १४ लाख ९१ हजार छ सय ८२ बराबरको सुनका औँठी सहित तीन जना पक्राउ गरी भन्सार कार्यालय बुझाई सकिएको प्रहरीको भनाई छ ।
अवैध सुन बोकी ल्याउने काम नगर्न नगराउन नेपाल प्रहरीले व्यापारीदेखि सर्वसाधारण सबैमा अनुरोध गरेको छ ।
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...
काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...
धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...