आज महेश बस्नेत (युवा संघ) र दुर्गा प्रसाईँको प्रदर्शन, सवारी व्यवस्थापन अस्थव्यस्थ – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

आज महेश बस्नेत (युवा संघ) र दुर्गा प्रसाईँको प्रदर्शन, सवारी व्यवस्थापन अस्थव्यस्थ

काठमाडौं । एमाले निकट राष्ट्रिय युवा संघ नेपाल र दुर्गा प्रसाईँ नेतृत्वमा रहेको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले काठमाडौंमा प्रदर्शन गर्दैछन् ।

युवा संघको कार्यक्रम तीनकुनेमा र प्रसाईँको प्रदर्शन बल्खुमा हुने तय भएको छ । दुवै पक्षले उपत्यकाका विभिन्न ठाउँबाट जुलुस निकालेर कार्यक्रमस्थल पुग्ने तयारी गरेका छन् ।

यसअघि दुवैको कार्यक्रमम माइतीघर मण्डलामा तय भएको थियो । जिल्ला प्रशासन कार्यालयले माइतीघरदेखि नयाँ बानेश्वरसम्म निषेधित क्षेत्र घोषणा गरी छुट्टाछुट्टै स्थान तोकिदिएको हो ।

प्रदर्शनले आज उपत्यकाको सवारी व्यवस्थापन अस्थव्यस्थ हुने भएको छ । अत्यावश्यक काम नपरी बाहिर नहिँड्न ट्राफिक प्रहरीले सबैमा अनुरोध गरेको छ ।

सम्बन्धित समाचार

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०८० मंसिर ७, ०८: ५७

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...

प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेपविरुद्ध तीन पत्रकार सङ्गठनको संयुक्त विज्ञप्ति, महासङ्घको आन्दोलनमा साथ
प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेपविरुद्ध तीन पत्रकार सङ्गठनको संयुक्त विज्ञप्ति, महासङ्घको आन्दोलनमा साथ
  • २०८० मंसिर ७, ०८: ५७

काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...

सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
  • २०८० मंसिर ७, ०८: ५७

काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...