
बिराटनगर । वरिष्ठ साहित्यकार दधिराज सुवेदीको नाममा स्थापित ‘दधिराज सुवेदी पुरस्कार प्रतिष्ठान’ विराटनगरबाट प्रत्येक वर्ष प्रदान गरिने पुरस्कारबाट पुरस्कृत व्यक्तित्वको छनोट भएको छ।
‘दधिराज सुवेदी राष्ट्रिय भाषा साहित्य पुरस्कार २०८०’ वरिष्ठ कथाकार तथा आख्यानकार भागिरथी श्रेष्ठलाई र ‘दधिराज सुवेदी राष्ट्रिय पत्रकारिता पुरस्कार२०८०’ वरिष्ठ पत्रकार धर्मेन्द्र झालाई प्रदान गरिने भएको हो।
प्रतिष्ठानले प्रत्येक वर्ष प्रदान गर्ने पुरस्कारको राशि क्रमशः ५१०००(एकाउन्न हजार) रुपैयाँ र २५०००÷( पचिस हजार) रुपैयाँ रहेको छ ।
नेपाली साहित्यको आख्यान विधामा पाँच दशकभन्दा बढी समयदेखि दिएको योगदानका लागि साहित्यकार श्रेष्ठलाई र पत्रकारिताको क्षेत्रमा चारदशकभन्दा बढी समयदेखि दिएको योगदानका लागि वरिष्ठ पत्रकार झालाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरिएको हो।
प्रतिष्ठानका अध्यक्ष विवश पोखरेलको अध्यक्षतामा बसेको प्रतिष्ठानको बैठकले उक्त निर्णय गरेको हो।
यसअघि भाषा साहित्य पुरस्कारबाट, साहित्यकारहरू प्रा.डा.गोविन्दराज भट्टराई, प्रा.डा.अभि सुवेदी, प्रा.डा.माधवप्रसाद पोखरेल, डा.विष्णुविभु घिमिरे, एसपी कोइराला प्रा.डा. चूडामणि बन्धु र सनत रेग्मी र पत्रकारिता पुरस्कार पत्रकारहरू हरिबहादुर थापा, शिववहादुर कार्की, हरिहर विरही, मोहन भण्डारी, किशोर नेपाल भूषण दाहाल र अनन्तराज न्यौपानेलाई प्रदान गरिएको थियो।
समालोचक प्राज्ञ दधिराज सुवेदीका छोराद्वय शरदराज सुवेदी र रुपकराज सुवेदीले राखेको पन्ध्र लाख रुपैयाँको अक्षय कोषको व्याजबाट प्रत्येक वर्ष यो पुरस्कार २०७३ सालदेखि नियमित प्रदान गरिंदै आएको छ।
यस वर्षका पुरस्कारहरू आगामी २०८० मंसिर ३० गते विशेष समारोहको आयोजना गरी विराटनगरमा समर्पण गरिने संस्थाका महासचिव दिङ्लाली कान्छोले जनाएका छन्।
काठमाडौं : नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
काठमाडौं : हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको समेत आंशिक प्रभाव छ। जल...
का७माडौं : १२औं अन्तर्राष्ट्रिय योग दिवसको पूर्वसन्ध्यामा नेपालस्थित भारतीय दूतावास र त्रिभुवन विश्वविद्यालयअन्तर्गत आयुर्वेद क्याम्पसको संयुक्त आयोजनामा योग अभ्यास, आयुर्वेद...