दधिराज सुवेदी पुरस्कार श्रेष्ठ र झालाई प्रदान गरिने ! – Naya Bikalpa
October 27, 2026, Tuesday      Epaper

दधिराज सुवेदी पुरस्कार श्रेष्ठ र झालाई प्रदान गरिने !

बिराटनगर । वरिष्ठ साहित्यकार दधिराज सुवेदीको नाममा स्थापित ‘दधिराज सुवेदी पुरस्कार प्रतिष्ठान’ विराटनगरबाट प्रत्येक वर्ष प्रदान गरिने पुरस्कारबाट पुरस्कृत व्यक्तित्वको छनोट भएको छ।

‘दधिराज सुवेदी राष्ट्रिय भाषा साहित्य पुरस्कार २०८०’ वरिष्ठ कथाकार तथा आख्यानकार भागिरथी श्रेष्ठलाई र ‘दधिराज सुवेदी राष्ट्रिय पत्रकारिता पुरस्कार२०८०’ वरिष्ठ पत्रकार धर्मेन्द्र झालाई प्रदान गरिने भएको हो।

प्रतिष्ठानले प्रत्येक वर्ष प्रदान गर्ने पुरस्कारको राशि क्रमशः ५१०००(एकाउन्न हजार) रुपैयाँ र २५०००÷( पचिस हजार) रुपैयाँ रहेको छ ।

नेपाली साहित्यको आख्यान विधामा पाँच दशकभन्दा बढी समयदेखि दिएको योगदानका लागि साहित्यकार श्रेष्ठलाई र पत्रकारिताको क्षेत्रमा चारदशकभन्दा बढी समयदेखि दिएको योगदानका लागि वरिष्ठ पत्रकार झालाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरिएको हो।

प्रतिष्ठानका अध्यक्ष विवश पोखरेलको अध्यक्षतामा बसेको प्रतिष्ठानको बैठकले उक्त निर्णय गरेको हो।

यसअघि भाषा साहित्य पुरस्कारबाट, साहित्यकारहरू प्रा.डा.गोविन्दराज भट्टराई, प्रा.डा.अभि सुवेदी, प्रा.डा.माधवप्रसाद पोखरेल, डा.विष्णुविभु घिमिरे, एसपी कोइराला प्रा.डा. चूडामणि बन्धु र सनत रेग्मी र पत्रकारिता पुरस्कार पत्रकारहरू हरिबहादुर थापा, शिववहादुर कार्की, हरिहर विरही, मोहन भण्डारी, किशोर नेपाल भूषण दाहाल र अनन्तराज न्यौपानेलाई प्रदान गरिएको थियो।

समालोचक प्राज्ञ दधिराज सुवेदीका छोराद्वय शरदराज सुवेदी र रुपकराज सुवेदीले राखेको पन्ध्र लाख रुपैयाँको अक्षय कोषको व्याजबाट प्रत्येक वर्ष यो पुरस्कार २०७३ सालदेखि नियमित प्रदान गरिंदै आएको छ।

यस वर्षका पुरस्कारहरू आगामी २०८० मंसिर ३० गते विशेष समारोहको आयोजना गरी विराटनगरमा समर्पण गरिने संस्थाका महासचिव दिङ्लाली कान्छोले जनाएका छन्।

सम्बन्धित समाचार

एनपिएल : विराटनगरविरुद्ध चितवनको रोमाञ्चक जित
एनपिएल : विराटनगरविरुद्ध चितवनको रोमाञ्चक जित
  • २०८० मंसिर ७, १७: १२

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल)मा चितवन राइनोजले विजयी सुरुवात गरेको छ । मंगलबार भएको खेलमा विराटनगर किंग्सलाई ८ रनले पराजित गर्दै...

शुक्लाफाँटामा पर्यटक आवागमनमा वृद्धि, १३ दिनमा ६०० पर्यटक
शुक्लाफाँटामा पर्यटक आवागमनमा वृद्धि, १३ दिनमा ६०० पर्यटक
  • २०८० मंसिर ७, १७: १२

कञ्चनपुर : सुदूरपश्चिम प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेको छ...

काठमाडौंमा प्रहरीको ‘स्विप अपरेसन’ : ७५ जना पक्राउ, १२ फरार कसुरदार र प्रतिवादीसमेत नियन्त्रणमा
काठमाडौंमा प्रहरीको ‘स्विप अपरेसन’ : ७५ जना पक्राउ, १२ फरार कसुरदार र प्रतिवादीसमेत नियन्त्रणमा
  • २०८० मंसिर ७, १७: १२

काठमाडौं : काठमाडौं उपत्यकामा आपराधिक गतिविधि नियन्त्रण तथा शान्तिसुरक्षा कायम गर्ने उद्देश्यले नेपाल प्रहरीले सञ्चालन गरेको विशेष ‘स्विप अपरेसन’ मा ७५...