दैलेख । कालिकोट र दैलेखको सीमा जोडिएको पानीपोखरी प्रहरी चौकीको ३१ वर्षपछि आफ्नै प्रहरी भवन स्थापना भएको छ । जोखिमपूर्ण घरबाट सेवा दिईरहेको प्रहरी चौकीले ३१ वर्षपछि आफ्नै सुविधा सम्पन्न प्रहरी भवनबाट सेवा दिने भएको हो ।
भैरवी गाउँपालिका ६ स्थित पानीपोखरी प्रहरी स्थापना भएको थियो । स्थापनायता प्रहरीहरू कच्ची घरहरूमा निकै सास्ती झेलेर सेवा दिनुपरेको थियो । केही वर्षअघि मात्र पक्की घर बनेपछि भाडामा राखिएको चौकी अहिले आफ्नै घरबाट सेवा दिएको हो ।
सुविधा सम्पन्न भवनको उद्घाटन कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी नायब महानिरीक्षक भिम प्रसाद ढकालले एक कार्यक्रम माझ गरेका छन् ।
नयाँ प्रहरी चौकी पानीपोखरीको भवनमा कार्यालयसहित प्रमुखको निवास, ब्यारेक, भान्सा घर र शौचालय भवन रहेको छ । ठेक्का मार्फत १ करोड ७७ लाख ८७ हजार ४ सय ३७ रुपैयाँ २५ पैसामा भवन निर्माणमा लागत लागेको प्रहरीले जनाएको छ ।
धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...
काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...