सल्यान । बस दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । दाङ तुलसीपुरबाट सल्यान दार्मा जाँदै गरेको ना ४ ख ३९९६ नम्बरको बस दुर्घटना भएको हो ।
राप्ती राजमार्गअन्तर्गत सल्यान शारदा नगरपालिका ६ भट्टाचौरमा दुर्घटना हुँदा सल्यान कुमाख गाउँपालिका ७ जिमालीका २५ वर्षीय सहचालक लालबहादुर शाही,
बागचौर नगरपालिका २ का १० वर्षीय सुसान्त केसी, ५५ वर्षीया सावित्रा ओली, ७८ वर्षीया झुपा केसी, दाङ बबई गाउँपालिका ७ का ३८ वर्षीय कुशल डाँगी र बाँके राप्ती सोनारी गाउँपालिका ३ की ५० वर्षीया डिला खड्का घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
घाइतेमध्ये सहचालक शाहीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी भवानीप्रसाद धमलाले जानकारी दिए।
घाइतेहरुको श्रीनगरस्थित मेट्रो अस्पतालमा उपचार भइरहेको उनको भनाई छ। बसचालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...
काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...
काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...