भक्तपुर । सुर्यविनायक नगरपालिकाका छ वटामा छिटै मेलम्चीको खानेपानी आउने भएको छ । पाण्डु वजारस्थित ६० लाखको ट्याङ्की नजिकै आज सो योजनाको शिलान्यास गरिएको हो ।
योजना निर्माणका लागि नगरपालिकाले ८ करोड रुपैयाँ छुट्याएको छ । शुक्रवार आयोजनाको शिलान्यास बागमती प्रदेशसभा सदस्य किरण थापा, सुर्यविनायक नगरपालिकाका नगर प्रमुख बाशुदेव थापा, उप प्रमुख सरिता तिम्सिना भट्टराईले संयुक्त रुपमा गरेका हुन् ।
कार्यक्रमलाई सम्बोधनगर्दै बाग्मती प्रदेश सभा सदस्य किरण थापाले खानेपानीको अभावका कारण काकाकुल अवस्थाका एकदेखि छ नं वडाका स्थानीयलाई खानेपानीको व्यवस्था हुन लागेको बताए ।
बाग्मति प्रदेश सरकारले ९५ लाख रूपैयाँ बिनियोजन गरेकोमा थापाले थप १ करोड रूपैयाँ ल्याउ प्रयास गरिराखेको जानकारी दिए । शिलान्यस कार्यक्रममा बोल्दै नगर प्रमुख बाशुदेव थापाले नगरपालिकाको सबैभन्दा ठुलो समस्याका रूपमा रहेको खानेपानीको समस्या निराकरण गर्न चालु वर्षको ८ करोड वजेट बिनियोजन गरेको बताए ।
कार्यक्रममा बोल्दै नगर उप प्रमुख सरिता तिम्सिना भट्टराई मेलम्ची खानेपानी बिस्तारका लागि पाइप अन्य श्रोतबाट पनि पानी खोजेर स्थानीयलाई सुविधा दिन नगरपालिका लागि परेको बताईन ।
सो योजनाबाट दैनिक दैनिक २० लाख लिटर पानी स्थानीयवासीले पाउँने नगरपालिकाका प्रवक्ता रबिन्द्र सापकोटाले बताए ।
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...
काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...
काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...