विराटनगर । पूर्वराजा ज्ञानेन्द्र शाह शनिबार झापाको विर्तामोड जाने भएका छन् । एउटा कलेजको उद्घाटन कार्यक्रममा सहभागि हुन उनी झापा पुगेको समयमा राजावादीले शक्ति प्रदर्शन गर्ने भएका छन् ।
इकम कलेजमा निर्माण गरिएको पूर्वराजा पृथ्वीनारायण शाहको शालिक अनावरण गर्ने कार्यक्रम रहेको छ । दुर्गा प्रसाईंले राजाको पक्षमा शक्ति प्रदर्शन गरिरहेका बेला झापामा औपचारिक कार्यक्रममा शाह सहभागि हुन लागेका हुन् ।
पूर्व राजालाई नागरिकतहबाट स्वागत गर्ने तयारी भइरहेको राप्रपा कोशी प्रदेश अध्यक्ष राम थापाले बताए । शाह होटल मेची क्राउनमा बस्ने र होटलबाट कार्यक्रम स्थलसम्म राजावादी पक्षले मोटरसाइकल र्याली लैजाने तयारी रहेको थापाको भनाइ छ ।
उद्घाटन एउटा बाहाना मात्रै भएको भन्दै स्रोतले शक्ति प्रदर्शन गर्ने उदेश्य रहेको बताएको छ ।
धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...
काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...