बर्दिया । गुलरियास्थित एक घरमा भएको आगलागीमा परेर तीन जना बालबालिकासहित चार जनाको मृत्यु भएको छ । घटनामा अर्का एकजना घाइते भएका छन् ।
गुलरिया ४ तुलापुरमा रहेको एक घरमा राति १० बजे आगलागी भएको हो।
मृत्यु हुनेमा ३२ वर्षकी राधा बुढा, १८ महिनाका बालक कार्तिक चन्द, ७ वर्षका कृष चन्द र १० वर्षका मानसिं बुढा छन् । उनीहरु सबैको घटनास्थलमै मृत्यु भएको प्रहरी उपरीक्षक सुधीरराज शाहीले बताए ।
आगलागीमा परेर २८ वर्षकी करिष्मा चन्द गम्भीर घाइते भएकी छन् । उनको स्थानीय अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
मृतक चारै जनाको शव अहिले पनि घटनास्थलमै रहेको प्रहरीले जनाएको छ । आगलागीको कारण खुलेको छैन । घटनाको थप विवरण आउन बाँकी छ ।
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...
काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...
काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...