प्रहरी चौकी इन्चार्जको पेस्तोलकाे गोली लागेर जवान घाइते – Naya Bikalpa
April 27, 2024, Saturday

प्रहरी चौकी इन्चार्जको पेस्तोलकाे गोली लागेर जवान घाइते

महोत्तरी । प्रहरी चौकी इन्चार्जको पेस्तोल पड्केर गोली लाग्दा जवान घाइते भएका छन् ।

एकडारा गाउँपालिका–४ हलखोरी प्रहरी चौकी इन्चार्ज असई रामईश्वर प्रसाद यादवको पेस्तोल पड्केर प्रहरी जवान राजेशकुमार साह घाइते भएका हुन ।

डाँकालाई पक्रेर ल्याएको खुसीयालीमा असई यादवले पेस्तोल पड्काएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

कात्तिक २० गते राति साढे दुई बजे जलेश्वर नगरपालिका—८ स्थित रतवारा बस्ने भुवनेश्वर चौधरीको घरमा डकैती तथा अन्य अपराधिक घटनामा संलग्न आरोपीलाई गत कात्तिक २८ गते रौतहटको गरूडाबाट असई यादव नेतृत्वको टोलीले पक्राउ गरेको थियो ।

आपराधिक घटनामा संलग्न भई फरार भएका डाँका आरोपी सर्लाही लालबन्दी—२ बस्ने ३२ वर्षीय शक्ति पासवान र ३३ वर्षीय अजय पासवानलाई नियन्त्रण्मा लिन सफल भएको थियो । सोही खुशीयालीमा प्रहरी चौकीमा खानपिन गरी कात्तिक ३० गते राति असई यादव लगायतका प्रहरीले रमाइलो गरेका थिए ।

असई यादवले पेस्तोल हातमा लिएर रमाइलो गर्दागर्दै अचानक गोली पड्केको थियो । घटना ढाकछोप गर्न असई यादवले प्रहरी जवान साहलाई उपचारका लागि भारतीय अस्पताल पुर्याए ।

त्यहाँ डाक्टरले गोली लागेको देखेपछि भारतीय प्रहरीलाई खबर गरेका थिए । प्रहरी जवान साह सप्तरीका बासिन्दा हुन् । भारतीय प्रहरीले सप्तरी प्रहरीलाई फोन गरेर जानकारी गराएपछि घटना बाहिरियो ।

महोत्तरी प्रहरीले घटनाबारे हिजो शुक्रबार दिउँसो मात्रै थाहा पाएको थियो ।

सम्बन्धित समाचार

पत्रकार महासंघमा शुद्धिकरण जरुरी
पत्रकार महासंघमा शुद्धिकरण जरुरी
  • २०८० मंसिर ९, २१: २४

काठमाडौं। आमसंचार माध्यममा क्रियाशिल संचारकर्मीहरुको साझा संगठन नेपाल पत्रकार महासंघमा सदस्यता शुद्धिकरण जरुरी भएको सरोकारवालाहरुले जनाएका छन्। नेपाल पत्रकार महासंघ...

नेपालमा उत्पादन हुने जलविद्युतसहित हाइड्रोजन संसारकै सस्तो
नेपालमा उत्पादन हुने जलविद्युतसहित हाइड्रोजन संसारकै सस्तो
  • २०८० मंसिर ९, २१: २४

काठमाडौं। नेपालमा जलविद्युत् मात्रै नभएर हाइड्रोजन, सोलार, विण्ड जस्ता वैकल्पिक ऊर्जा उत्पादन संसारकै सस्तो भएकाले यसमै लगानी र प्रयोगमा जोड...

डा.शेखरको प्रश्न– डढेलोबाट अर्बौंको नोक्सानी हुँदा नियन्त्रण गर्न सरकार किन असंवेदनशिल?
डा.शेखरको प्रश्न– डढेलोबाट अर्बौंको नोक्सानी हुँदा नियन्त्रण गर्न सरकार किन असंवेदनशिल?
  • २०८० मंसिर ९, २१: २४

काठमाडौं । नेपाली कांग्रेसका बरिष्ठ नेता डा.शेखर कोइरालाले देशब्यापी रुपमा डढेलो र आगलागीकाट घटनामा बृद्धि भइरहँदा त्यसलाई नियन्त्रण गर्न सरकार...