काठमाडौं । उपरथी निर्मल कुमार थापाको शैक्षिक प्रमाण पत्र नक्कली भएको पाइएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।
पूर्वसैनिक अधिकृतहरूले उपरथी थापाको प्रवीणता प्रमाण पत्र तहको शैक्षिक प्रमाण पत्र भारतको गोरखपुर हाईस्कुलबाट ल्याइएको नक्कली भएको भन्दै छानबिनका लागि आयोगमा निवेदन दिएका हुन् ।
२०४० सालमा एसएलसी उत्तीर्ण गरी अमृत साइन्स कलेज लैनचौरमा भर्ना भइ प्रथम वर्ष नै अनुत्तीर्ण भएपछि भारतको गोरखपुरबाट नक्कली प्रमाण पत्र ल्याइ त्यसैको आधारमा २०४३ सालमा नेपाली सेनामा भर्ना भइ हाल उपरथी भई सिरियामा कार्यरत रहेको निवेदनमा उल्लेख छ ।
सिनियरहरुको पदोन्नति रोकी विभिन्न सञ्चार माध्यममा भ्रामक कुरा सम्प्रेषण गरी आफ्नो स्वार्थ सिद्ध गर्ने गरेको र पुस ३ गतेबाट रिक्त हुने रथी पदको लागि दाबेदार भइ बसेका निवेदकहरूको भनाई छ ।
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...
काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...
धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...