कैलाली । सुदूरपश्चिम प्रदेशसभा अन्तर्गतका समिति सभापति छनोट हुन नसक्दा प्रदेश सरकारका काम कारबाही हुन सकेको छैन । नेतृत्व विहिन बनेका समितिका आफ्ना आन्तरिक कामकारबाही पनि ठप्प भएका छन् ।
प्रदेशसभामा रहेका चारवटा विषयगत समितिका पदाधिकारी सदस्य चयन गरिए पनि समितिका सभापति अहिलेसम्म चयन हुन सकेका छैनन् ।
समितिको नेतृत्व नहुँदा समितिको कामकारबाही ठप्प भएको र संसदीय निगरानीसमेत रोकिएको प्रदेशसभा सचिवालयका सूचना अधिकारी युवराज जैसीले बताए ।
सरकारकै कमीकमजोरीका कारण समितिका सभापति चयन हुन नसकेको नेपाली कांग्रेसका प्रदेशसभा सदस्य दिवानसिंह विष्टले
बताए ।
दलहरुबीच पदको भागबन्डामा सहमति नजुट्दा सभापति चयन हुन नसकेको बताइएको छ । नेतृत्वको अभावमा समितिका कामकारबाही प्रभावकारी ढङ्गले अघि बढ्न सकिरहेका छैनन् ।
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...
काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...
धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...