काठमाडौं । गाडी सुविधा नपाउने कर्मचारीले पनि इन्धन सुविधा लिइरहेको पाइएको छ । अर्थ मन्त्रालयको कार्यसञ्चालन निर्देशिका २०७७ अनुसार सचिव र सहसचिव स्तरका कर्मचारीले मात्र गाडी सुविधा पाउँछन् ।
हालै सरकारले कर्मचारीलाई इन्धनबापत नगद सुविधा दिने निर्देशिका जारी गरेपछि सरकारी निकायहरुले उपसचिव र अधिकृतको गाडी सुविधा खोसेनन् ।
त्यसको सट्टा उनीहरुलाई चोर बाटोबाट इन्धन सुविधा दिइरहेको पाईएको हो । अर्थ मन्त्रालयमा सरकारी नियम अनुसार गाडी सुविधा पाउने जम्मा ११ जना छन् ।
तर ८० वटा सरकारी गाडी प्रयोगमा छन् । अर्थमा सचिव र सहसचिव बाहेक अन्य कर्मचारीले पनि अनधिकृत रुपमा गाडी सुविधा लिइरहेका छन् ।
सिंहदरबारभित्रै मात्रै करिब ३०० वटा गाडी उपसचिव र अधिकृतहरुले नै चढ्न प्रयोग भइरहेको छ भने ती गाडीमा इन्धन पनि राज्यकोषबाटै भरिएको छ ।
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...
काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...
धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...