रौतहट । कार्यालय प्रमुख नहुदा इलाका प्रशासन कार्यालय, रौतहटको सेवा प्रभावित भएको छ । एक घण्टामै हुने कामका लागि सेवाग्राहीले तीन दिनसम्म कुर्नु पर्ने बाध्यता छ ।
इलाका प्रशासनको कामकाजका लागि मन्त्रालयले नायब सुब्बा राम स्वार्थ यादवलाई अधिकृतको जिम्मेवारी दिएको समयावधी सकिएपछि कार्यालय प्रमुखविहीन बनेको हो ।
मन्त्रालयले यादवलाई दिएको जिम्मेवारी गत कार्तिक १५ मा सकिएको हो । विगत चार वर्षदेखि कार्यरत यादवालाई यसअघि चार पटकसम्म कामको जिम्मेवारी दिइएको थियो ।
एक महिनासम्म मन्त्रालयले कार्यालय प्रमुखको व्यवस्था नगर्दा नागरिकता वितरण, मधेसी, दलित, जनजाति प्रमाणीकरण तथा सिफारिस गर्ने लगायतका सेवा प्रभावित छन् ।
इलाका प्रशासनबाट दिने सेवा रोकिएपछि जिल्लाका गरूडा नगरपालिका, लगाएतका सेवाग्राही मर्कामा परेका छन् । सेवाग्राहीले रौतहटमा रहेको जिल्ला प्रशासन कार्यालय जानुपर्ने बाध्यता छ ।
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...
धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...
काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...