काठमाडौँ । प्रचण्ड नेतृत्वको सरमारमा अस्थिरता, अराजकता, मनपरीतन्त्र र भ्रष्टाचार मौलाएको एमाले अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् ।
एमालेले सरकार छोडेपछि देशमा अराजकता झन झन फैलिएको जिकिर गरे । शनिबार अछाममा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । सरकारले गुण्डागर्दी र अपराधीलाई संरक्षण गरिरहेको आरोप लगाए ।
ओलीले अहिलेको अवस्थालाई परिवर्तन गर्न र देश विकास गर्न एमाले बाहेक अरू राजनीतिक दलहरूले गर्न नसक्ने दाबी गरे । नेकपा एमालेको ध्येय नेपाल र नेपालीलाई समृद्ध बनाउने रहेको उल्लेख गरे ।
उनले समृद्ध नेपाल बनाउन सिंगै देशको विकास हुनुपर्ने बताउँदै नेपाल जस्तो प्राकृतिक सुन्दरता, उर्वरता र खनिजहरूले सम्पन्नता भएको देश गरिब रहन नसक्ने जिकिर गरे।
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...
काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...
काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...