काठमाडौँ । अब कुनैपनि निर्वाचनमा कांग्रेसले कसैसँग गठबन्धन नगर्ने नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले बताएका छन् ।
कांग्रेस लुम्बिनीका कार्यकर्तालाई प्रशिक्षित पार्दै नेता डा कोइरालाले यस्तो बताएका हुन् । कांग्रेस एक ढिक्का भएर नेताहरुको दम्भ तोड्न लाउनु पर्ने बताए ।
नेताहरुले उग्र महत्त्वकांक्षा त्यागेर आफ्नो आचरण नसुधारे कांग्रेस पार्टी परिवर्तन नहुने दावी गरे । कोइरालाले कांग्रेस पार्टी परिवर्तन नभएसम्म देशमा सुशासनसमेत नआउने जिकिर गरे ।
युवा विदेश पलायन हुनबाट रोक्न काँग्रसले पहल थाल्नु पर्ने धारणा राखे । लस्कर लागेर युवा विदेशिएकोमा सरकारलाई चिन्ता नभएको जिकिर गरे ।
स्वार्थ केन्द्रित राजनीतिमा नेताहरू लागेकाले देश कसरी उभो लाग्छ भन्दै अब गठबन्धनको सपना नदेख्न नेतृत्वलाई सुझाव दिए ।
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...
काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...
धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...