आगलागीमा परेर घाइते भएका चार जनालाई थप उपचारका लागि काठमाडौं ल्याइयाे – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

आगलागीमा परेर घाइते भएका चार जनालाई थप उपचारका लागि काठमाडौं ल्याइयाे

काठमाडौं । कबाडी गोदाममा भएको आगलागीमा परेर घाइते भएका चारजनालाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ ।

जिल्ला सुरक्षा समितिको सिफारिसमा नेपाली सेनाको जहाजबाट चारजनालाई काठमाडौं ल्याइएको हो । विराटनगर–६ की ६५ वर्षीया सुशीला पासवान, सोही वडाकी ६० वर्षीया रिता सरदार, ५८ वर्षीय किशोर कामत र मोरङ कटहरी गाउँपालिका वडा नम्बर ६ की ३० वर्षीया पिंकी कामतलाई काठमाडौं ल्याइएको हो ।

रिता सरदार र सुशीला पासवानको स्वास्थ्य अवस्था गम्भीर छ ।
उनीहरूको काठमाडौंमा कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार हुने बताइएको छ ।

विराटनगर महानगरपालिका–७ सातघुम्तीस्थित गोदाममा अपराह्न आगलागी हुँदा दुईजनाको मृत्यु भएको छ । जसमध्ये ३० वर्षीय दिपक मण्डलको उपचारको क्रममा न्युरो अस्पताल विराटनगरमा मत्यु भएको हो । एक महिलाको शव गोदाममै जलेको अवस्थामा फेला परेको थियो ।

सम्बन्धित समाचार

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०८० मंसिर २०, २१: २०

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...

प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेपविरुद्ध तीन पत्रकार सङ्गठनको संयुक्त विज्ञप्ति, महासङ्घको आन्दोलनमा साथ
प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेपविरुद्ध तीन पत्रकार सङ्गठनको संयुक्त विज्ञप्ति, महासङ्घको आन्दोलनमा साथ
  • २०८० मंसिर २०, २१: २०

काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...

धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
  • २०८० मंसिर २०, २१: २०

धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...