काठमाडौँ । संघीय संसद सचिवालयका उपसचिव रामप्रसाद गैरेले एक महिला शाखा अधिकृतमाथि हातपात गरेका छन् । प्रतिवेदनमा नाम छुटाएको भन्दै गैरेले महिला अधिकृतको गालामा चट्कन हानेका हुन् ।
ती महिला अधिकृतले घटनाबारे बुधबार उपसभामुख इन्दिरा राना मगरलाई जानकारी गराएकी छन् । घटनाबारे थाहा पाएपछि उपसभामुख रानामगरले बिहीवार गैरेलाई उपस्थित गराएर घटनाबारे जानकारी लिने बताएकी छन् ।
कानुन बनाउने थलो संसदमै उपसचिव तहको कर्मचारीले महिला कर्मचारीमाथि अभद्र व्यवहार गर्नु भनेको गलत र गम्भीर विषय भएको उनको भनाइ छ ।
प्रत्यक्षदर्शीका अनुसार सांसदहरुले बोलेका विषयहरूलाई टिपोट गरी तयार पारिने बुकमा तत्कालीन अवस्थामा आफू पनि भएकोले नाम किन छुटाएको रु भन्दै गैरेले हातपात गरेका थिए ।
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...
काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...
काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...