दैवी प्रकोप सहायता कोषमा २० करोड जम्मा – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

दैवी प्रकोप सहायता कोषमा २० करोड जम्मा

काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा पौने २० करोड रकम जम्मा भएको छ । विभिन्न व्यक्ति, संस्था तथा निकायबाट १९ करोड ८६ लाख ५४ हजार ६ सय ५० रुपैयाँ जम्मा भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको हो ।

भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले एक करोड ११ लाख ११ हजार रुपैयाँ जम्मा गरेका छन् । दोस्रोमा राष्ट्रिय वाणिज्य बैंक, ग्लोबल आईएमई बैंक, नेपाल नागरिक उड्डयन प्राधिकरण, गोर्खा ब्रुअरी प्रालि, बुद्ध एयर र सूर्य नेपाल प्रालिले एक एक करोड रुपैयाँ जम्मा गरेका छन् ।

तेस्रोमा नेकपा माओवादी केन्द्र, नेपाली काँग्रेस, कृषि विकास बैंकले ५० ५० लाख रुपैयाँ कोषमा जम्मा गरेका छन् । नेकपा एकीकृत समाजवादी, लुम्बिनी विकास कोष, नेपाल रिइन्सुरेन्स कम्पनी लिमिटेड, एभरेष्ट बैंक, नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड, यती ब्रुअरी लिमिटेडले २५२५ लाख रकम जम्मा गरेका छन् ।

यस्तै पीएडीटी मन्दुर सेवाले २१ लाख २१ हजार २२१, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले १२ लाख ५० हजार, खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले ११ लाख ५१ हजार १००, एयर डाइनेष्टीले ११ लाख ११ हजार १११ रुपैयाँ कोषमा जम्मा गरेका छन् ।

आईएमई लिमिटेड, आईएमई लाइफ इन्सुरेन्स कम्पनी, कैलाश हेलिकोप्टरर्स सर्भिस लिमिटेड, प्रभु महालक्ष्मी लाइभ इन्सुरेन्स कम्पनी, महालक्ष्मी विकास बैंकले १० १० लाख रुपैयाँ जम्मा गर्दा आईएमई होल्डिङ प्रालिले ६ लाख ५० हजार, आईएमई इन्भेष्टमेन्ट प्रालिले ६ लाख रुपैयाँ जम्मा गरेका छन् ।

सुनसरीको धरान उपमहानगरपालिका, नेपाल एसबीआई बैंक लिमिटेड, तारागाउँ रिजेन्सी होटेल, भेगास रिक्रियसन नेपाल प्रालि, रेभाची इन्टरनेशनल प्रालि, जीएमई रेमिट प्रालि, प्राइड इन्टरटेन्मेन्ट एण्ड रिक्रियसन, महजोङ इन्टरटेन्मेन्ट प्रालि,

इम्पेरियर इन्टरटेनमेन्ट प्रालि, एन्लान्टिक रिक्रियसन प्रालि, बेलिज नेपाल प्रालि, अल्टिच्युट एयर प्रालि, मुक्तिनाथ दर्शन प्राली र केएनपी जापान प्रालिले पाँच पाँच लाख रकम कोषमा जम्मा गरेका छन् ।

अन्य विभिन्न व्यक्ति, संस्था तथा निकायबाट दुई करोड ८० लाख ९२ हजार ५९५ रुपैयाँ जम्मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जानकारी दिएको छ ।

सम्बन्धित समाचार

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०८० मंसिर २०, २२: ००

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...

प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेपविरुद्ध तीन पत्रकार सङ्गठनको संयुक्त विज्ञप्ति, महासङ्घको आन्दोलनमा साथ
प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेपविरुद्ध तीन पत्रकार सङ्गठनको संयुक्त विज्ञप्ति, महासङ्घको आन्दोलनमा साथ
  • २०८० मंसिर २०, २२: ००

काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...

धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
  • २०८० मंसिर २०, २२: ००

धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...