काठमाडौँ । सरकारप्रति जनता बीस्तारै निरासा र आक्रोसित देखिन थालेका छन् । तर सरकार भने जनताको निरासा र आक्रोसलाई भजाएर सस्तो प्रचारबाजीमा लागेको देखिन्छ ।
रणनीतिक पूर्वाधार अगाडि बढाएर र कृषि तथा औद्योगिक क्षेत्रमा क्रान्तिकारी परिवर्तन गरेर सिद्ध हुनुपर्नेमा प्रधानमन्त्रीसहित मन्त्रीहरू ससाना प्रचारात्मक काममा मात्रै अल्झिएको भन्दै जनताले दुःखद संकेत देखिएको भन्न थालेका छन् ।
देशको आर्थिक कारोबार निकै सुस्त छ । ब्यापार, ब्यवसाय चौपट छ । महंगी बढेको बढ्यै छ । बैंकमा पैसा छ तर सही ढंगले प्रवाह भएको छैन । ब्याजदर घटाउनैपर्ने ब्यापारी, व्यवसायीहरूको लामो समयदेखिको मागमा बैंकले सुनुवाइ गरेकै छैन । यसको सहजीकरण गर्ने, मार्गदर्शन गर्ने पहलमा सरकार नदेखिएको गुनासो बढेको छ।
आयल निगमले सम्पूर्ण ऋण चुक्ता गरेर नाफा कमाउन थालेको भन्दै यसलाई सरकारको उपलब्धिका रूपमा प्रचार गरिएको छ । तर, के आयल निगमले आफैंभित्रको सुधार सम्पन्न गर्न सकेर नाफा कमाएको हो
कर्मचारीहरूलाई दिदैं आएको बोनस घटाएर नाफा कमाएको हो रु चुहावट कम भएर नाफा कमाएको हो रु त्यस्तो होइन र त्यस पक्षमा सरकारले पहल गरेको छैन । यो त बिशुद्ध महंगोमा तेल बेचेर नाफा गरेको हो भन्दै जनताले हल्का आवाज उठाउन थालेका छन् ।
तेलको महंगीले सामान ढुवानी लगायत सबै वस्त महंगो भएको छ । जनताको भान्सा महंगो भएको छ । सबैले स्पष्ट बुझेकै र भोगेकै कुरालाई पनि सरकारको उपलब्धि भन्नु स्वयं सरकारकै लागि रणनीतिक घाटा हो भन्न थालिएको छ ।
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...
काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...
काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...