ब्ल्याङ्केटभित्र बेरेर सडकको नालामा फालिएको अवस्थामा युवतीकाे शव भेटियाे – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

ब्ल्याङ्केटभित्र बेरेर सडकको नालामा फालिएको अवस्थामा युवतीकाे शव भेटियाे

गोरखा । पालुङटार नगरपालिका–७ सिमलटारीस्थित सल्यान चौतारामा एक युवती मृत फेला परेकी छिन् । ब्ल्याङ्केटभित्र बेरेर सडकको नालामा फालिएको अवस्थामा शव फेला परेको हाे ।

बिहीबार दिउँसो शव देखेपछि गाउँलेले खबर गरेकाे जिल्ला प्रहरी कार्यालय गाेरखाले जनाएको छ ।

एसपी अनुपम श्रेष्ठले भने, “हाम्रो टोली त्यहाँ पुगेर हेर्दा घटना शंकास्पद देखियो। अन्दाजी २५ बर्षीया युवतीको अनुहारमा केही चोटपटक समेत देखिएकाले शंकास्पद रहेको छ ।”

पोखराबाट तालिमप्राप्त कुकुरसहितको टोली मगाएर घटनाको थप अनुसन्धान गरिरहेकाे  एसपी श्रेष्ठले बताए । शव पोष्टमार्टमका लागि गोरखा अस्पतालतर्फ लगिएकाे छ।

सम्बन्धित समाचार

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०८० मंसिर २२, ०७: २८

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...

प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेपविरुद्ध तीन पत्रकार सङ्गठनको संयुक्त विज्ञप्ति, महासङ्घको आन्दोलनमा साथ
प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेपविरुद्ध तीन पत्रकार सङ्गठनको संयुक्त विज्ञप्ति, महासङ्घको आन्दोलनमा साथ
  • २०८० मंसिर २२, ०७: २८

काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...

धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
  • २०८० मंसिर २२, ०७: २८

धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...