काठमाडौं । यूएईबाट आएका गोरखाका चन्द्र घलेको साथबाट १४ किलो सुन बरामद भएको छ ।
छातीको दायाँ–बायाँ कपडामा बेरी लुकाएर ल्याएको ७ वटा सुनको विस्कुट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको टोलीले बरामद गरेको हो ।
सह–सचिव टोकराज पाण्डेले भने, ‘विशेष सूचनाका आधारमा खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएर जाँच गर्दा सुनका ७ वटा विस्कुट बरामद भएका हुन ।’
विमानस्थलमा ओर्लिने वित्तिकै भन्सार र प्रहरीको टोलीले घलेलाई नियन्त्रणमा लिएको थियो । एक्सरेमा जाँच गरेर उनलाई कपडाभित्र लुकाएको सुन निकाल भनिएको थियो । जुत्तामा समेत उनले सुन लुकाएर ल्याएका थिए ।
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...
काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...
धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...