भारत । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठनको बडापत्र जारी भएको ३९औं वर्षगाँठका अवसरमा अफगानिस्तान बाहेकका सदस्य राष्ट्रका प्रमुखहरूले सन्देश जारी गरेका छन् ।
सदस्य राष्ट्रहरू भारत र पाकिस्तानबीच जारी मनमुटावका कारण विगत नौ वर्षदेखि रोकिएको सार्क शिखर सम्मेलन हुनेमा फेरि पनि थप अनिश्चितता बढेको छ ।
सम्मेलन रोकिनुका मुख्य कारक राष्ट्रहरू भारत र पकिस्तानले सार्कको ‘३९औं चार्टर्ड डे’ का अवसरमा जारी सन्देशमा समेत एकअर्कालाई घोचपेच गरे पनि संगठनको आवश्यकता भने औंल्याउन नछाडेका बताइएको छ ।
भारतले सार्कको बडापत्रमा उल्लेख भए अनुसार सहकार्य गर्न ‘शान्ति र सुरक्षाको वातावरणमा मात्रै सम्भव हुने उल्लेख गरेको छ भने पाकिस्तानले भने ‘सार्वभौम समानता र पारस्परिक सम्मान हुनुपर्ने’ उल्लेख गरेको छ ।
काठमाडौं । जापानको दक्षिणपश्चिम क्षेत्रमा आएको शक्तिशाली भूकम्पमा मृत्यु हुनेको संख्या ३४ पुगेको छ। कुमामोटो प्रान्तीय सरकारले शुक्रबार सार्वजनिक गरेको...
काठमाडौं : नेपाल अडिटर्स एसोसिएसन (अडान) ले आफ्नो २१औं स्थापना दिवसको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत राहत वितरण कार्यक्रम सम्पन्न गरेको...
वीरगन्ज : जिल्ला प्रशासन कार्यालय पर्साले आज पनि वीरगन्ज महानगरपालिकाका विभिन्न चार स्थानमा निषेधाज्ञा आदेश जारी गरेको छ । प्रमुख जिल्ला...