काठमाडौं । निजामती सेवाभित्र दण्डहिनताले प्रश्रय पाउँदै गएको व्यापक गुनासो आएको छ । विभिन्न स्थानीय तहका कर्मचारीहरु यौन काण्डमा छातछुल्ल हुँदै गएका छन् । र पनि उनहिरुलाई नत स्पष्टिकरण सोधिएको छ न त उनीहरुलाई कारबाही नै भएको छ भन्दै जनआक्रोस उठेको छ ।
कर्मचारीहरु भ्रष्टाचारमा, विशेष अदालतका श्रीमानले चोख्याउन र यौनजन्य अश्लिल हर्कतमा मुछिएका सामान्य प्रशासनका हाकिमहरुले बचाउने प्रबृत्ति मौलाउँदो रुपमा आएको खुलासा भएको छ ।
साउन यता ५ कर्मचारी यौनकाण्डमा मुछिएका छन् । एक जना कारागारमा छन् भने एक धरौटीमा उन्मुक्ति पाएर कार्यालय हाक्दैछन् । बाँकी ३ जनालाई कारबाही त परैको कुरा साधारण स्पष्टीकरण समेत सोधिएको छैन ।
कार्यालयमै लेखा अधिकृतसँग यौनजन्य गतिविधि गर्ने हाकिम काजीमान राई गत सोमबारदेखि नयाँ जिम्मेवारी लिएर सोलुखुम्बुको लिखुपिकेमा हाजिर भएका छन् । राईलाई बाह्रदशी गाउँपालिकामा खटाइएको थियो तर पालिकाले चरित्रहीन हाकिम भन्दै हाजिरै गर्न नदिएपछि तीन महिना सामान्यको बरण्डामा बसेर उनी सोलुखुम्बु तिर लागेका हुन ।
भदौ पहिलो साता कार्यालयको सिसिक्यामरा अफ गरेर लेखा अधिकृतसँग कार्यकक्षमै ‘रोमान्स’ गर्ने इलामको माइजोगमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काजीमान राईमाथि सामान्य प्रशासनले कुनै कारवाही नगरी लिखु पिके गाउँपालिका पाठाएपछि गुनासाका चाङ लागेका छन् ।
राई गत सोमबारबाट त्यहाँ हाजिर भइसकेका छन् । राईसँगै रोमान्स गर्ने लेखा अधिकृत रेश्मा राईलाई पनि कुनै विभागीय कारवाही भएको छैन । दशैंसम्मको तलब पालिकाबाटै खाएकी राई दुई साता अघि सामान्य प्रशासनमा तानिएकी छन् ।
ऐन अनुसार रेश्मा स्थानीय तहको कर्मचारी हुन, उनको सरुवा एउटा स्थानीय तहबाट सोही प्रदेशभित्रको स्थानीय तहमा मात्र हुने व्यवस्था रहेको छ । ऐन अनुसार, उनी कोशी प्रदेशभित्रका स्थानीय तहमा सरुवा हुन सक्छिन् ।
तर, महिला कर्मचारीको हकमा सामान्यका हाकिमहरु बढी नै उदार भएर उनलाई माइजोगमाई गाउँपालिकाबाट सामान्यमा तानेका हुन । रेश्मालाई सामान्यमा खटाउनु भन्ने पत्र काटेसँगै माइजोगमाइ गाउँपालिकाले रमाना दिएर पठाएको कर्मचारीले बताए ।
यौनकाण्डमै मुछिएका अर्का उपसचिव डमरु निरौलामाथि पनि सामान्यले कुनै कारवाही गरेको छैन । साउन दोस्रो साता झापास्थित दमक नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको क्वार्टरभित्रै एक डिभोर्सी महिलासँग मदिरामा लठ्ठ भएर चुम्बन गरेको भिडिओ सञ्जालमा छरपष्ट भयो ।
२४ साउनबाट उनलाई सामान्यले अतिरिक्त समूहमा तानेको थियो । साढे तीन महिना हाजिरमात्र गरेर तलब पकाएका उनलाई दुई साता अघिमात्र वीरगञ्ज मालपोत कार्यालयको हाकिम बनाएर खटाइएको छ ।
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...
काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...
काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...