ख्रीष्टियन महासंघका अध्यक्ष पक्राउ – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

ख्रीष्टियन महासंघका अध्यक्ष पक्राउ

काठमाडौं । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालका अध्यक्ष चरीबहादुर (सीबी) गहतराज पक्राउ परेका छन् । स्नातक तहको नक्कली सर्टिफिकेट बनाएर दुरुपयोग गरेको आरोपमा प्रहरीले मंगलबार गहतराजलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक कुमोध ढुंगेलले गहतराजलाई मंगलबार अपराह्न काठमाडौंबाट पक्राउ गरिएको जानकारी दिए। उनीमाथि लिखत सम्बन्धी कसूर गरेको आरोप छ । उनले स्नातक तहको ट्रान्सक्रिप्ट, माइग्रेशन लगायतका कागजात किर्ते बनाएको उजुरी परेको थियो ।

गहतराजले ‘महान् अभियान’ नामको पत्रिका दर्ता गर्ने क्रममा आफू स्नातक तह उत्तीर्ण भएको भनी स्नातक तहको कागजात कीर्ते गरेको आरोप रहेको छ । गहतराजले चाबहिलस्थित पशुपति क्याम्पसबाट प्रथम श्रेणीमा स्नातक उत्तीर्ण भएको कागजात बनाएका थिए । उक्त प्रमाणपत्रको छानबिन गर्दा नक्कली भएको पुष्टि भएको थियो ।

सम्बन्धित समाचार

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०८० मंसिर २६, २०: २५

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...

प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेपविरुद्ध तीन पत्रकार सङ्गठनको संयुक्त विज्ञप्ति, महासङ्घको आन्दोलनमा साथ
प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेपविरुद्ध तीन पत्रकार सङ्गठनको संयुक्त विज्ञप्ति, महासङ्घको आन्दोलनमा साथ
  • २०८० मंसिर २६, २०: २५

काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...

सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
  • २०८० मंसिर २६, २०: २५

काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...