धनकुटा काग्रेसका वडा उपसभापतिको निधन, झण्डा ओढाएर अन्यष्टि – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

धनकुटा काग्रेसका वडा उपसभापतिको निधन, झण्डा ओढाएर अन्यष्टि

धनकुटा । धनकुटा नगरपालिका वडा नं ६ का नेपाली कांग्रेसका उपसभापति तथा समाजसेवी शिक्षाप्रेमी भक्त स्वर्गीय वहादुर वस्नेतको आज पाटीको चार तारे झण्डा ओडाएर विश्रान्ती मन्दिर स्थित तमोर नदीमा सम्मान पूर्वक अन्त्यष्टि गरिएको छ ।

नेपाली कांग्रेस धनकुटाका जिल्ला सभापति दिनेश राई, जिल्ला सचिव विजय सन्तोषी राई, जिल्ला सदस्य गोविन्द वाग्ले,प्रेश सभा क्षेत्र नं। १ का उपसभापति तथा वडा नं ६ का वडाध्यक्ष मिलन खड्गी, नगर कार्य समितिका उपसभापति अभिषेक कर्माचार्य,वडा सदस्य पुरुषोत्तम अर्याललगायतले झण्डा ओढाएर सम्मान गर्दै श्रद्धाञ्जली अर्पण गरे ।

महासमिति सदस्य गंगारम ढुंगाना,नेपाली कांग्रेस धनकुटाका सहसचिव रोशन श्रेष्ठ,जिल्ला सदस्य विष्णु पौडेल,पुरेन्द्रलाल श्रेष्ठ, भक्त थापा,नगर सदस्य देवेन्द्र राई,विर वहादुर राई, नेपाल तरुण दल धनकुटा नगरका अध्यक्ष महेन्द्र राई लगायत नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुले वडा उपसभापति स्वर्गीय भक्त वहादुर वस्नेत प्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।

मुटुको समस्या कारण ७१ बर्षको उमेरमा गएराती निधन भएका वस्नेतको एक श्रीमती दुई छोरा, वुहारी नाती ,नातीनीहरु छन् । एक कुसुल नेता असल संगठकर्ता सवैको प्रिय पात्र र समाजका अगुवा र सामाजिक अभियान्तकाको रुपमा रहेका कांग्रेस वडा सभापति भक्त वहादुर वस्नेतको निधनले नेपाली कांग्रेस धनकुटालाई अपुरणीय क्षती पुगेको नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राईले बताए ।

सम्बन्धित समाचार

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०८० मंसिर २६, २१: २८

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...

प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेपविरुद्ध तीन पत्रकार सङ्गठनको संयुक्त विज्ञप्ति, महासङ्घको आन्दोलनमा साथ
प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेपविरुद्ध तीन पत्रकार सङ्गठनको संयुक्त विज्ञप्ति, महासङ्घको आन्दोलनमा साथ
  • २०८० मंसिर २६, २१: २८

काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...

धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
  • २०८० मंसिर २६, २१: २८

धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...