काठमाडौं । नेपाली बजारमा प्याजको अभाव देखिएको बेला आयातकर्ताले चीनबाट प्याज ल्याउन थालेका छन् । व्यवसायीहरूले लागत कम पर्ने भएकाले प्याज ल्याउने वातावरण बनेको बताएका छन् ।
भारतले सन् २०२४ को मार्च अन्तिम सम्मका लागि प्याज निर्यातमा प्रतिबन्ध लगाएपछि नेपाली बजारमा चिनियाँ प्याजले बजार लिएको व्यवसायी बताउँछन्।
बजारमा सहजै उपलब्ध भएको कारण देखाउँदै राजधानी काठमाडौसहित देशका विभिन्न भागमा व्यापारीहरूले प्याजको भाउ हल्का बढाएका छन् ।
आलु र प्याजमा मूल्य अभिवृद्धि कर भ्याट लगाएको विरोधमा व्यापारीहरूले कारोबार बन्द गरेपछि केही दिन नेपालमा दुवै वस्तुको अभाव देखिएको थियो ।
तर सरकारले स्वदेशी आलु र प्याजमा भ्याट नलाग्ने स्पष्ट पारेपछि अहिले आलुको आपूर्ति सहज हुँदै गएको व्यापारी र अधिकारीहरूले बताए ।
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...
काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...
काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...