काठमाडौं । राष्ट्रिय सभा निर्वाचनका लागि १२ वटा दलले दल दर्ता गराएका छन् । तोकिएको अन्तिम दिन आज सम्म १२ वटा दलले निवेदन दिएका हुन् । निर्वाचनमा सहभागिताका लागि निवेदन दिनेमा नेपाली कांग्रेस, एमाले, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी),
जनता समाजवादी पार्टी (जसपा) नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा, लोकतान्त्रिक समाजवादी पार्टी (लोसापा), नागरिक उन्मुक्ति, राष्ट्रिय जनमोर्चा (राजमो) र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) रहेका छन् ।
आयोगले दल दर्ताका समय मंसिर २४ गतेदेखि मंसिर २९ सम्म तोकेको थियो । आगामी माघ ११ गते राष्ट्रिय सभामा रिक्त हुन लागेको १९ पदका लागि निर्वाचन हुँदैछ ।
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...
काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...
काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...