इलाम । बन्दकर्ताद्धारा पराल बोकेको पिकअपमा आगजनी गरेका छन् । शनिबार साझ इलामको रोङ गाउँपालिका ४ किटेनीमा पराल बोकेको पिकअपमा आगजनी गरेका हुन् ।
झापाबाट पराल लिएर इलामको तारगाउँ आउदै गरेको मे १ ज ११४० नम्बरको पिकअपलाई बन्दमा चलाएको भन्दै बन्दकर्ताले रोकेर आगजनी गरेका प्रत्यक्षदर्शीले बताएका छन् ।
बन्दकर्ताले चालकलाई ओरालेर पिकअपमा आगो लगाएको स्थानीयले बताए । पिकअप जलेर काम नलाग्ने भएको छ ।
मेची राजमार्गमा बन्दकर्ताले दिन भर बिभिन्न ठाउँमा यातयात अवरुद्ध गरेका थिए । बन्दको समयमा मेची राजमार्गमा कुनै सुरक्षाको ब्यवस्था नभएको यातायत ब्यवसायीले जनाएका छन ।
आन्दोलनको क्रममा पक्राउ परेका नेता तथा कार्यकर्ताको रिहाइको माग गर्दै पहिचानवादी मोर्चाले शनिबार र आइतबार दुईदिन आह्वान गरेको कोशी प्रदेश बन्दको प्रदेशभर प्रभाव देखिएको छ ।
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...
काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...
काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...