चितुवाको आक्रमणबाट सुरक्षाकर्मी र प्रहरीसहित ८ जना घाइते – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

चितुवाको आक्रमणबाट सुरक्षाकर्मी र प्रहरीसहित ८ जना घाइते

बर्दिया । गुलरिया नगरपालिका–११ गोरखचौराहा र बढैयाताल गाउँपालिका–९ टेशनपुरमा एउटा चितुवाको आक्रमणबाट ८ जना घाइते भएका छन् ।

सहायक प्रहरी हवल्दार, वन सुरक्षाकर्मीसहित ८ जना घाइते भएका हुन् । आइतबार दिउँसो १ बजेबाट चितुवाले निरन्तर आक्रमण गर्दा ८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय, बर्दियाका सूचना अधिकारी तुलसीराम अर्यालले बताए ।

घाइतेको जिल्ला अस्पताल गुलरियामा उपचार भइरहेको छ । बढैयाताल–९ का मोहनलाल थारु खेतमा तोरी काटिरहेको अवस्थामा चितुवाले आक्रमण गरी घाइते बनाएपछि स्थानीयले लखेटेका थिए ।

त्यसपछि चितुवाले गुलरिया–११ फरमान हजामको घर पसेर आक्रमण गरी घाइते बनाएको हो ।चितुवालाई नियन्त्रणमा लिन राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक, बर्दिया निकुञ्जका कर्मचारी र प्रहरी पुगेका थिए ।

त्यहाँ अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल तैनाथ गरिएको छ । चितुवा नियन्त्रणमा लिन नसकेपछि स्थानीयले वन, प्रकृति संरक्षण कोषका कर्मचारीमाथि दुर्व्यवहार गरेको डिभिजन वन कार्यालयका प्रमुख प्रवीण विडारीले बताए ।

सम्बन्धित समाचार

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०८० पुष १, १९: ३०

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...

प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेपविरुद्ध तीन पत्रकार सङ्गठनको संयुक्त विज्ञप्ति, महासङ्घको आन्दोलनमा साथ
प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेपविरुद्ध तीन पत्रकार सङ्गठनको संयुक्त विज्ञप्ति, महासङ्घको आन्दोलनमा साथ
  • २०८० पुष १, १९: ३०

काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...

धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
  • २०८० पुष १, १९: ३०

धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...