बारा । जीतपुर सिमरा उपमहानगर–३ का वडाध्यक्ष ताराबहादुर कार्की पक्राउ परेका छन् ।
उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाबाट खटिएको टोलीले ५ लाख घुससहित आज दिउँसो पक्राउ गरेको हो ।
सडक बनाउने क्रममा स्थानीय राजन उप्रेतीसँग घुसबापत पाँच लाख रुपैयाँसहित कार्की जैसवाल होटलबाट पक्राउ परेका हुन् ।
घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियार स्रोतले जनाएको छ । पक्राउ परेका वडाध्यक्ष कार्की नेकपा एमाले पार्टीबाट निर्वाचित हुन् ।
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...
काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...
धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...