काठमाडौँ । समाजवादी मोर्चा नेपालले नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवसहित सो पार्टीका नेताहरुविरुद्ध पक्राउ पुर्जी जारी भएकोमा आपत्ति जनाएको छ ।
मोर्चाका संयोजक माधवकुमार नेपालले एक विज्ञप्ति जारी गरेर आपत्ति जनाएका हुन् । उनीहरुविरुद्ध पक्राउ पुर्जी जारी भएकोप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको संयोजक नेपालले जनाए ।
विप्लवसहित प्रवक्ता खड्गबहादुर विश्वकर्मा, अखिल नेपाल किसान महासङ्घ क्रान्तिकारीका अध्यक्ष राजु कार्कीविरुद्ध ३५ दिने पक्राउ पुर्जी जारी भएको छ ।
अदालतले जारी गरेको पुर्जीमा ३५ दिनभित्र आफूसँगको सबुद प्रमाणसहित उपस्थित नभए कानुन बमोजिम हुने भनिएको छ । पछि त्यसको उजुरबाजुर नलाग्ने समेत अदालतले जारी गरेको पुर्जीमा उल्लेख गरिएको छ ।
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...
काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...
काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...