काठमाडौं । नागार्जुन नगरपालिकामा एक दिने अन्तरक्रिया सम्पन्न भएको छ । नगर प्रमुख मोहन बहादुर बस्नेतको प्रमुख उपस्थितिमा नगरपालिका भित्र रहेका खानेपानी तथा सरसफाइ उपभोक्ता समितिहरू, जन प्रतिनिधि एवं सरोकारवालाहरू बीच अन्तरक्रिया सम्पन्न भएको हो ।
कार्यक्रममा उपभोक्ता समितिहरुका प्रतिनिधिहरुले खानेपानीको परीक्षण तथा स्वच्छता सम्बन्धमा आफ्नो भनाइ राखेका थिए । विभिन्न दलका सांसद, उप प्रमुख सुशिला अधिकारी, प्रमुख प्रशासकीय अधिकृत सुमन अधिकारी, वडाध्यक्षहरू, सरोकारवालालगायत कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
निर्माणको क्रममा रहेको खानेपानी वितरण सम्बन्धी ऐन कानुनको मस्यौदा तयार गर्ने सिलसिलामा सल्लाह सुझाव संकलन तर्फ सल्लाह सुझावहरु दिनुका साथै विकास निर्माणमासमेत छलफल केन्द्रित रहेको थियो ।
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...
काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...
धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...