दर्जनौं बैंकका ऋृणि दुर्गा प्रसाईंको आन्दोलन यसरी तुहियो – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

दर्जनौं बैंकका ऋृणि दुर्गा प्रसाईंको आन्दोलन यसरी तुहियो

काठमाडाैं । एउटै प्रोजेक्टका लागि झण्डै साढे छ अरब ऋण लिएर झापामा मेडिकल कलेज स्थापना गरेका दुर्गा प्रसाईं पहिले माओवादी र पछि एमालेको केन्द्रीय सदस्य भएका थिए ।

ठूला र प्रभावशाली नेताहरुलाई विभिन्न प्रलोभनमा पार्न सिपालु प्रसाईं विवादित मेडिकल व्यावसायी हुन । पछिल्लो समय नेकपा एमाले र नेकपा माओवादी केन्द्र पार्टीसँग उनको स्वार्थले ठाउँ नपाएपछि एमाले अध्यक्ष केपी शर्मा ओेली र प्रधानमन्त्री प्रचण्डलाई जथाभावि गालीगलोज गर्दै राजावादीको ढ्वाङ फुके ।

उनले झापामा राजावादीलाई उक्साउन थाले । ऋणको भारीले थनथिलो भएका प्रसाईंले ऋण नतिर्ने जुक्ति निकालेर भाडामा आन्दोलन गर्न थाले । झापामा उनको आन्दोलनमा केही ऋणीले साथ दिएपछि त्यसबाट हौसिएर ऋणीहरूलाई र राजावादीलाई उक्साएर काठमाडौंमा आन्दोलन गर्ने सोच बनाए ।

सोही मुताविक आफ्नै खर्चमा जिन्दावाद र मुर्दावाद भन्ने मानिसलाई काठमाडौ उतारे । आन्दोलनको हुटहुटीमा रहेका प्रसाईंले एमाले नेता महेश बस्नेतविरूद्व आन्दोलन केन्द्रीत गरे । यता उस्तै हैसियतका बस्नेतपनि के कम इटको जवाफ पत्थरले दिन दुर्गा प्रसाईविरुद्व एमालेका युवाहरूलाई सडकमा उतारे ।

रानैतिक संघर्ष भए त सबैले साथ दिन्थ्ये होला, एक जना व्यक्तिका विरूद्व बस्नेतले युवा परिचालन गरे । एक अर्कालाई गाली बाहेक आन्दोलनको मियो देखिएन । काठमाडौंमा आन्दोलन हुने भए पछि दुई पक्षबीच झडप हुने निश्चित जस्तै भयो ।

हुनसक्ने मानविय क्षेती रोक्न सरकारले सुरक्षा संमयन्त्र कडा बनायो । सरकारको कडा निर्देशन सहजतापूर्वक पालना गर्दै काठमाडौं जिल्ला प्रसाशन कार्यालयले सुरक्षा घेरालाई फराकिलो बनाउदै लग्यो । काठमाडौं उपत्यकाको कोटेश्वर, तीनकुने, बालाजु र बल्खुमा मात्र आन्दोलन गर्न काठमाडौं जिल्ला प्रशासनले विज्ञप्ती जारी गर्दै उनीहरूलाई निषेधित क्षेत्र भित्र प्रवेश नगर्न उर्दी जारी गर्यो ।

अटेर गरे आन्दोलनकारी माथि बाध्य भएर हस्तक्षेप गर्ने भन्यो । त्यसपछि एमालेका युवाहरू महेश बस्नेतको नेतृत्वमा प्रसाईंलाई गाली गर्दै कोटेश्वरमै थच्चिय भने बस्नेतलाई गाली गर्दै बल्खु क्षेत्रमा दुर्गा थच्किए ।

यता राजा ल्याउने भन्दै धर्मगुरुदेखि बैंकबाट ऋृण लिएर नतिरेका व्यक्तिहरुलाई २० लाखसम्म ऋृण मिनाह गरिदिने आस्वासन बाडेर काठमाडौ ल्याइएका आन्दोलनकारी र युवासंघबीच बल्खुमा झडप भयो ।

प्रहरीले पानीका फोहोरा हानेर भीडलाई नियनत्रणमा लिन खोज्दा आन्दोलनकारीको भागाभाग भयो । धर्मका नाममा भेषधारीहरु अब राजनीति गर्दिन एक पटक गल्ति भयो भन्दै क्षमायाचनसहित उपत्यका छाेडेर हिडे ।

उता ऋृण मिनाह गरिदिन्छु भन्दै झापालगायत विभिन्न स्थानबाट पैसा पेलेर काठमाडौं ल्याइएकाहरुपनि भागाभाग गर्दै आ-आफ्नो बाटो लागे ।

एमाले युवाको आन्दोलन पनि मत्थर भयो । सुझवुझ र सुरक्षा संमयन्त्र सन्चालनमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतको चलाखिपूर्ण व्यवहारका कारण विभिन्न बैंकमा जम्मा भएको निक्षेपकर्ताको झण्डै साढे छ अरब रुपैयाँको ऋृणि दुर्गा प्रसाईंको काठमाडौं केन्द्रीत आन्दोलनले हावा खाएको छ ।

आन्दाेलनलाई नजिकबाट नियालिरहेका  काठमाडौंका  कुशल प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले पहिलो दिनमै प्रसाईं नेृत्वको अराजक आन्दोलनमा बल प्रयोग गर्न लाग्दा पाँच मिनेट भाषण गर्दा नगर्दै गाडीमा चढेर भागेका थिए प्रसाई ।

त्यसपछिका दिन देखि क्रमश काठमाडौंमा सुरक्षा संमयन्त्र सन्चालन कडा हुँदै गयो र आन्दोलनकारीको मकसद मत्थर हुँदै गयो । भिषण आन्दोलनको धम्कि दिदै काठमाडौं आएका प्रसाईंले सुइकुच्चा ठोके । यता बहकाउमा आन्दोलन गर्न काठमाडाैं आएका आन्दाेलनकारीलाई “कागलाई बेल पाक्यो हर्ष न विष्मात” जस्तै भयो ।

प्रसाईंको विविन्न प्रलोभनमा परी आएकाहरूको न ऋृण मिनाह भयो न त राजा नै आउँने भए । दुर्गाले झुक्यायो भन्दै गाली गर्दै भौतारिएर आफ्नो जिल्ला तिर लाग्न बाध्य भए ।

यसरी दुर्गा प्रसाईंको आन्दोलन निष्कर्षविनै तुहिएको छ । तर प्रसाईं भने आफुले विभिन्न बैंकबाट लिएको झण्डै साढे छ अरब ऋृण नतिर्ने भन्दै राज्यलाई नै धम्कि दिदै आएछन् ।

सम्बन्धित समाचार

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०८० पुष ४, ०८: ४३

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...

प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेपविरुद्ध तीन पत्रकार सङ्गठनको संयुक्त विज्ञप्ति, महासङ्घको आन्दोलनमा साथ
प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेपविरुद्ध तीन पत्रकार सङ्गठनको संयुक्त विज्ञप्ति, महासङ्घको आन्दोलनमा साथ
  • २०८० पुष ४, ०८: ४३

काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...

धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
  • २०८० पुष ४, ०८: ४३

धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...