काठमाडौँ । मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । बैठक सिंहदरवारमा भूकम्पले क्षतिग्रस्त भएपछि रेट्रो फिटिङ गरी पुनःनिर्माण गरिएको भवनको नयाँ बैठक कक्षमा बस्नेछ ।
भूकम्पले क्षति पुर्याएको सिंहदरवारको मूल भवनलाई सहरी विकास मन्त्रालयले रेट्रो फिटिङ गरी तयार गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो कार्यकक्ष बनाएका छन् ।
अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयनै सोही भवनबाट सञ्चालित भएको छ । आज बिहान प्रधानमन्त्री ‘प्रचण्ड’ले बैठक कक्षको अवलोकन गर्ने र ११ बजे मन्त्रिपरिषद्को बैठक बस्ने जानकारी दिए ।
यसअघि कार्यकक्ष सारेपछि प्रधानमन्त्री ‘प्रचण्ड’ले १२० वर्ष पुरानो भवनको मूल संरचनालाई जस्तो त्यस्तै राखेर भूकम्पबाट भएको क्षतिको रेट्रोफिटिङ गरिएको भन्दै अब त्यहाँ बसेर काम गर्दा जोस् जाँगर आउने बताएका थिए ।
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...
काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...
धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...