काठमाडौँ । पशुपति क्षेत्र विकास कोषको विज्ञमाअशोक सिलवाल नियुक्त भएका छन् । कोष सञ्चालक परिषद्ले लाङटाङ सद्भावना दूत समेत रहेका पत्रकार सिलवाललाई विज्ञ नियुक्त गरेको हो ।
सरकारको नीतिअनुसार पशुपतिनाथको महामहिमाबारे अन्तर्राष्ट्रिय प्रचारप्रसार, धार्मिक आध्यात्मिक एवम् सांस्कृतिक धरोहर तथा विशिष्टिकृत अध्ययन केन्द्रको रूपमा पशुपति क्षेत्रको विकास,
संरक्षण, संवर्द्धन आदिका लागि सिलवाललाई नियुक्त गरेको जनाएको छ । कन्फिडिरेसन अफ एशियन जर्नालिस्ट युनियनका उपाध्यक्ष सिलवाल पर्यटन प्रशिक्षक समेत हुन् ।
कलम, लेखक दुनियाँ, श्रीलङ्का स्मृतिलगायतका पुस्तकका लेखक सिलवाल गाउँ पर्यटन प्रवर्धन मञ्च नेपालका सल्लाहकार हुन् ।
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...
काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...
काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...