काठमाडौं । एक कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले दिएका अभिव्यक्तिलाई लिएर प्रतिनिधि सभाअन्तर्गतका अन्तराष्ट्रिय सम्बन्ध समितिमा ब्यापक आलोचना भएको छ ।
आज बसेको समितिको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री एवं प्रतिनिधि सभा सदस्य धवलशमशेर राणाले मन्त्री किरातीले धार्मिक सहिष्णुता र सामाजिक सद्भाव भड्काउने अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाए हुन ।
उनले मन्त्री किरातीलाई सार्वजनिक रुपमा माफी माग्न सुझाए । उक्त बैठकमा मन्त्री किरातीसमेत सहभागी थिए ।मन्त्री किरातीलाई राप्रसा सांसद राणाले भने, ‘द्वन्द्व मच्चाउने अभिव्यक्ति दिनुभएको छ । यसमा तपाईंले माफी माग्नुपर्ने हो ।
समाजमा ठूलो द्वन्द्व फैलाउने कुरा गर्नुभएको छ । यसको जिम्मेवार सरकार र तपाईं हुनुहुनेछ ।’ मन्त्री किरातीले हिजो राजधानीमा भएको उपत्यकाव्यापी संयुक्त बृहत् ख्रीष्टमस महोत्सव २०८० लाई सम्बोधन गर्दै मन्त्री किराँतीले
क्रिश्चियनलाई मान्दिनँ भन्नु संविधानलाई मान्दिनँ भन्नु सरह भएको बताएका थिए । उनले संविधान मान्दिनँ भन्नेहरू देशद्रोही भएको समेत बताएपछि उनको चौतर्फी आलोचना भईरहेको छ ।
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...
काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...
धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...