धनकुटा । नेपाली कांग्रेस धनकुटाले धनकुटा नगरपालिका वडा नं ५ र ६ मा श्रद्धाञ्जली कार्यक्रम गरी मृतकका परिवारजनमा समवेदना पत्र प्रदान गरेको छ ।
वडा नं ६ का वडा उप सभापति भक्त वहादुर वस्नेतको हालै निधन भएकोमा नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राई, प्रदेस सभा क का क्षेत्रिय उपसभापति मलिन खड्गी,
धनकुटा नगर सभापति नरेश श्रेष्ठ, नगर सदस्यहरु हिरा देवी राई,बेणु वस्नेत,वडा सभापति रुपेश श्रेष्ठ,वडा सचिव अनिता लुईटेल,सदस्य पुरुषोत्तम अर्याल, वडा नं ७ का सचिव उर्गेन शाक्य, यूवा समाजसेवीहरु मोहन घिमिरे,शिखर श्रेष्ठ,
युवराज निरौला लगायतले श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा समवेदना पत्र प्रदान गरेका थिए । यसैगरी नेपाली कांग्रेस धनकुटा नगरपालिका वडा नं ५ का वडा सदस्य सिता श्रेष्ठका श्रीमान समाजसेवी दिपेन्द्र श्रेष्ठको हालै निधन भएकोमा नेपाली कांग्रेस धनकुटाले वडा नं ५ मा श्रद्धाजल्ली कार्यक्रम गरी जिल्ला सचिव विजय सन्तोषी राई,
महासमिति सदस्य सिता प्रधान,जिल्ला सदस्यहरु अम्विका परियार, बल वहादुर थापा, नागरिक समाजका अध्यक्ष दोर्ण गुरागाई, प्रदेस सभा –क का क्षेत्रिय उपसभापति मलिन खड्गी,धनकुटा नगर सभापति नरेश श्रेष्ठ,वडा नं. ५ का वडा सभापति तथा वडाध्यक्ष धन कुमार राई,वडा उपसभापति द्धय गोविन्द्र राई,
शम्भु प्रधान,सदस्य किरण प्रधान,समाजसेवी जिवलाल थेच्मी,चन्द्र श्रेष्ठ लगायतले स्वगीैय दिपेन्द्र श्रेष्ठ प्रति श्रद्धाञ्जली व्यत्त गर्दै परिवारजनमा समवेदना पत्र प्रदान गरेका थिए ।
नेपाली कांग्रेस धनकुटा नगरपालिका वडा नं ५ का सदस्य सिता श्रेष्ठको श्रीमान दिपेन्द्र श्रेष्ठको गत मसिर २४ गते र वडा नं ६ का वडा उपसभापति भक्त वहादुर वस्नेतको गत मंसिर २५ गते निधन भएको वडा नं ५ का वडा उपसभापति गोविन्द्र राईले वताए ।
वडा नं ६ का वडा उपसभापति वस्नेत र धनकुटा नगरपालिका वडा न ५ का यूवा समाजसेवी दिपेन्द्र श्रेष्ठको निधनले नेपाली कांग्रेस धनकुटालाई अपुरणीय क्षती पुगेको नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राईले वताइन ।
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...
धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...
काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...