एजेन्सी । इजरायल र इरान समर्थित हिजबुल्लाह विद्रोहीबीच भीषण भिडन्त भएको छ । इजरायली हवाई हमला जारी रहेको बताइएको छ । इरान समर्थित हिजबुल्लाह बिद्रोहीले इजरायलका कम्तीमा आठ स्थानमा आक्रमण गरेको जनाउँदै त्यसको जिम्मेवारी लिएको छ ।
भिडन्तमा इजरायली सेनाले आफ्ना ९ सैनिकहरू घाइते भएको जनाएको छ । जसमा एक जना गम्भीर घाइते भएका छन् । लेबनानमा नकौरालाई टायरसँग जोड्ने क्लाईलेह उपत्यकामा तीनवटा इजरायली हवाई आक्रमण भएको थियो ।
साथै, सीमाबाट लगभग १६ किलोमिटर दूरीमा रहेका स्थानमा पनि दुईवटा हवाई आक्रमणहरू भएका अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
काठमाडौं : विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा (निम्स दाइ)को निधन भएको छ । पुर्जा संस्थापक रहेको संस्था इलाइट एक्सपेडले शनिबार...
काठमाडौं : देशभर मनसुनी वायुको प्रभाव कायम रहेको तथा मनसुनको न्यूनचापीय रेखा पश्चिम नेपालमा सरदर स्थानभन्दा दक्षिणतिर र पूर्वी नेपालमा...
काठमाडौं : सुनसरी घटनाको विरोधमा सिरहाको गोलबजारमा भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर मृत्यु भएका औरही गाउँपालिका– २, तुलसियाहीका १५...