मर्यादाक्रमले कांग्रेसमा मच्चिएको रडाको – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

मर्यादाक्रमले कांग्रेसमा मच्चिएको रडाको

काठमाडौं । नेपाली कांग्रेसमा यतिवेला को ठूलो वा को बरिष्ठ भन्ने जुँगाको लडाईंले कार्यकर्ता र संगठनमा गम्भीर मतभेद देखिन थालेको छ।

त्यसको पछिल्लो उदाहरण बनेका छन्, पार्टीले संघीय संरचना बमोजिम निर्माण गरेको प्रदेशका प्रदेशस्तरिय भेला । प्रदेशस्तरिय भेलामा पार्टीका बरिष्ठ नेता अर्थात पार्टी सभापति शेरबहादुर देउवासँग प्रतिष्पर्धा गरेका नेता शेखर कोइरालालाई सभापतिपछिको विशिष्ट अतिथिको रुपमा स्वीकार गर्ने र अश्विकार गर्ने विषयले विवाद छताछुल्ल भएको छ ।

पार्टीमा दुई जना नेताहरु छन् । नेपाली कांग्रेसबाट अलग भई गठन भएको नेपाली कांग्रेस प्रजातान्त्रिकको कार्यवाहक सभापति भएकै आधारमा आफू सभापति देउवापछिको बरिष्ठ नेता भएको दाबी गर्ने गोपालमान श्रेष्ठ र सभापति देउवासँग प्रतिष्पर्धामा उत्रिएका नेता डा. शेखर कोइराला।

नेपाली कांग्रेसमा पार्टी संस्थापन पक्षको नेतृत्व पार्टी सभापति शेरबहादुर देउवाले गरेका छन् भने इत्तर समूहको मूल नेतृत्व डा. शेखर कोइरालाले गरेका छन् ।

पार्टीले डा. कोइरालालाई पार्टीका पदाधिकारीपछि पूर्व र निवर्तमान पदाधिकारीलाई मर्यादाक्रमा राखेका छ। त्यसपछि मात्र सभापतिमा प्रत्यासी बनेर केन्द्रीय सदस्यमा मनोनित डा. शेखर कोइरालालाई राखिएको छ ।

उनी पार्टी भित्र मर्यादाक्रममा २५औं स्थानमा रहेका छन् । तर पार्टी संस्थापनइत्तरको नेता भएका कारण ईत्तर समूहका प्रदेश सभापति भएका प्रदेशको अधिवेशनमा सभापति देउवालाई प्रमुख अतिथि र डा. कोइरालालाई विशेष अतिथि बनाउने चलन छ।

तर संस्थापन पक्षले प्रदेश सभापति जितेको ठाउँमा भने पार्टीले निर्धारण गरे बमोजिम सभापतिलाई प्रमुख अतिथि र त्यसपछि उपसभापति पूर्णबहादुर खड्कालाई विशेष अतिथि बनाउने गरिएको छ।

त्यसैले हालसम्म भएका प्रदेश भेलामा सभापति देउवा प्रमुख अतिथि भए पनि विशेष अतिथिमा भने डा. कोइराला र उपप्रधानमन्त्री खड्कामध्ये एक जना हुने गरेका छन् ।

गत मंसिर १६ र १७ गते लुम्विनी प्रदेशको भेला बुटबलमा सम्पन्न भयो । त्यो भेलामा प्रमुख अतिथि पार्टी सभापति देउवा बोलाइएका थिए भने विशेष अतिथिमा डा. कोइराला ।

त्यहाँ पार्टी उपसभापति पूर्णबहादुर खड्का भने उपस्थित भएनन् । कोइरालालाई आफूभन्दा माथि विशिष्ट अतिथि राखेको भन्दै खड्काले भेलामा आउन अश्विकार गरेका थिए । लुम्विनीमा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले भने कोइरालालाई विशेष अतिथिको रुपमा स्वीकार गरेको पाइन्छ ।

त्यस्तै मधेश प्रदेशको भेलामा समेत मर्यादाक्रम र वरिष्ठताको विवादले उद्घाटन समारोह नै खल्लो भयो । गत पुस ५ गते भएको मधेश प्रदेश सम्मेलनमा पार्टी संस्थापन पक्षका प्रदेश अध्यक्ष कृष्णप्रसाद यादवले प्रमुख अतिथि देउवा र विशेष अतिथि उपसभापति पूर्णबहादुर खड्कालाई बनाइए ।

त्यहाँ प्रदेश सदस्यहरु रामसरोज यादव, रविनराज कोइराला, रेखा यादव लगायतले डा.शेखर कोइरालालाई विशेष अतिथि बनाउन माग गरे ।

तर यादवले पार्टीले निर्धारण गरे बमोजिमको मर्यादाक्रम आफूले चलाउन नसक्ने बताएपछि कोइराला मधेश प्रदेशको भेला आयोजना गरिएको तिरहुतियागाछी जनकपुरधाम गएनन् । त्यहाँ पार्टीका पूर्वउपसभापति तथा पूर्वउप्रधानमन्त्री विमलेन्द्र निधि पनि मञ्चमा बसेनन् ।

पार्टीका पूर्वउपसभापति गोपालमान श्रेष्ठ आफूलाई नेपाली कांग्रेस प्रजातान्त्रिकको कार्यवाहक सभापति भएको दाबी गर्दै निधिभन्दा बरिष्ठ भएको दाबी गरेको आधारमा निधिभन्दा अघि मञ्चमा बोलाइयो । त्यसपछि आफूलाई अपमान गरेको ठानेर निधि उद्घाटन समारोहभर मञ्चमा नबसी दर्शक दीर्घामै अटाए ।

यता बागमति प्रदेशको भेला उद्घाटन शनिबार काठमाडौंको सुकेधारस्थित नवदुर्गा पार्टी प्यालेसमा सम्पन्न भयो । त्यहाँ प्रमुख अतिथि सभापति देउवालाई बनाइए पनि विशेष अतिथिमा भने बरिष्ठ नेता डा.कोइराला र उपसभापति तथा उपप्रधानमन्त्री पूर्णबहादुर खड्का कोही पनि गएनन् ।

यहाँसम्मकी विराटनगरबाट जहाज काठमाडौं उड्न ढिलाइ भएको कारण देखाउँदे महामन्त्री गगनकुमार थापा पनि अनुपस्थित भए ।

यहाँ विशेष अतिथिको रुपमा पूर्वउपसभापति तथा पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहलाई विशेष अतिथि बनाएपछि बरिष्ठ नेता डा. कोइराला, उपभापति खड्का र महामन्त्री थापा अनुपस्थित भएको बताईन्छ।

बरिष्ठ नेता डा.कोइराला र महामन्त्री थापामध्ये कसैलाई पनि विशेष अतिथिको रुपमा नबोलाएको भन्दै बागमति प्रदेशका उपसभापति मोहनबहादुर बस्नेत (नागार्जुन नगरपाकिाका मेयर)ले समेत सभा बहिस्कार गरेका थिए।

संस्थापनइत्तर पक्षका शुक्रराज शर्मा सभापति भएको गण्डकी प्रदेशको भेलामा भने विशेष अतिथि डा. कोइरालालाई बनाइयो । जहाँ उपसभापति खड्का उपस्थित भएनन् । यता नुवाकोट जिल्ला सम्मेलनमा भने विशिष्ट अतिथि डा. कोइरालालाई बनाइयो । यहाँ रमेश महत जिल्ला सभापति छन् । नयाँ विकल्प साप्ताहिकबाट…

सम्बन्धित समाचार

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०८० पुष ११, १३: ०५

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...

प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेपविरुद्ध तीन पत्रकार सङ्गठनको संयुक्त विज्ञप्ति, महासङ्घको आन्दोलनमा साथ
प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेपविरुद्ध तीन पत्रकार सङ्गठनको संयुक्त विज्ञप्ति, महासङ्घको आन्दोलनमा साथ
  • २०८० पुष ११, १३: ०५

काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...

सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
  • २०८० पुष ११, १३: ०५

काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...