काठमाडौँ । संविधानप्रदत संघले अधिकार नदिएको र असहयोग गरेको भन्दै सातै प्रदेश सरकारका मुख्यमन्त्रीहरू संघीय सरकारलाई दबाब दिन भेला भएका छन् ।
सातै प्रदेशका मुख्यमन्त्री बिहीबार बाग्मती प्रदेशको राजधानी हेटौँडामा भेला हुँदैछन् । संघीय सरकारसँग संविधान बमोजिम अधिकार प्रत्यायोजनको लागि भेला हुनलागेको जनाएका छन् ।
यसअघि गत असारमा पोखरामा बैठक बसेर मुख्यमन्त्रीहरूले प्रदेशलाई प्रत्यायोजन गर्नुपर्ने सम्पूर्ण अधिकार छ महिनाभित्र प्रत्यायोजन गरिसक्न माग गरेका थिए ।
तर पनि संघीय सरकारले आफूहरूका माग पूरा नगरेको भन्दै मुख्यमन्त्रीहरूले फेरि मोर्चाबन्दी कस्न लागेको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बताए ।
संघीय सरकारसँग अधिकार माग्न अझै थप दबाब दिनुपर्ने अवस्था देखिएपछि बैठक बस्न लागेको सातै प्रदेशका मुख्यमन्त्रीजीहरूले बताएका छन् ।
हेटौँडामा जम्मा हुँदै गरेका उनीहरूले संघीय सरकारले संविधानबमोजिमको अधिकार प्रत्यायोजन नगरे समीक्षा गर्दै थप तदारुकताका लागि दबाब दिने उनीहलेरूको भनाइ छ ।
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...
काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...
काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...